arrow

पाँचथरमा समावेशी तीज

logo
प्रकाशित २०७३ भदौ १९ आइतबार
japan-teej.jpeg
पाँचथर। हिन्दू नारीहरुको महानपर्व हरितालिका तीज पाँचथर जिल्लामा भने अन्य विभिन्न धर्मावलम्वी महिलाहरुले पनि समावेशी रुपमा मनाएका छन्। उद्योग वाणिज्य संघ अन्तर्गत महिला उद्यमशिलताको आयोजनामा फिदिमको शिवलाय मन्दिरमा आयोजिना गरिएको तीज विशेष कार्यक्रममा लिम्वू, राई, तामाङ, नेवार, दलित लगायत सवै जातजातिका महिलाहरुले सदरमुकाम फिदिममा रहेको शिवालय मन्दिरमा गई पूजाआजा गरी तीज मनाएका हुन्।
 
सवै महिलाहरुले शिवको पूजा गर्दे छमछमी तीजको गितमा नाचगान गरेका थिए। शिवालय मन्दिरमा पुगेकी उद्यमशिलता महिला संयोजक उर्मिला श्रेष्ठले भनिन, “यो चाड हामी सवै नेपाली दिदीवहिनीहको हो, यसलाई सवै धर्म मान्ने महिला दिदीवहिनीहरुले मान्नुपर्छ यहिनै हामी नेपालीहरुको पहिचान हो।”
 
सदरमुकाम फिदिम, छिमेकी गाविसहरु नाँगिन, रानीटार, नवमीडाँडा लगायतका दिदीवहिनीहरु यस शिवालय मन्दिरमा आई पूजाआजा गर्ने गर्दछन्। वालवालिका, यूवती तथा वृद्दवृद्दा समेत मन्दिरमा शिवजीको दर्शनका लागि पुगेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ