arrow

नेपालमै पहिलोपटक खुल्ने भो ‘फेसन सस्तो बजार’

logo
प्रकाशित २०७३ भदौ १९ आइतबार
dixit-plaza-fashion-bazzar.jpeg
काठमाडौं। नेपालमा पहिलोपटक ब्राण्डेड फेसन सामानहरु बिक्री÷वितरण गर्ने सस्तो बजार खुल्ने भएको छ। सुन्धारास्थित धरहराको पछाडि थाहा टोलमा दुई रोपनी जग्गामा ‘सस्तो फेसन बजार’ खोल्न लागिएको हो।  असोज पहिलो सातासम्ममा अर्थात् दशैंअघि फेसन बजार सञ्चालनमा ल्याउने बजारका सञ्चालक सुरेश लामिछानेले जानकारी दिए। लामिछानेका अनुसार ग्राहकलाई एउटै छानामुनी सस्तो मुल्यमा फेसनका सामानहरु उपलब्ध गराउने उद्देश्यले नेपालमै पहिलोपटक फेसन सस्तो बजारको अवधारणा ल्याइएको हो।
 
‘अहिलेसम्म नेपालमा यस्ता किसिमका बजारहरु खुलेका छैनन्,’ सञ्चालक लामिछानेले भने– ‘सुन्धारातिर एउटा सानो सटरको ३०-४० हजार रुपैयाँ पर्छ, तर हामीले मिडियम साइजको सटर १२ देखि १६ हजार रुपैयाँमै उपलब्ध गराउँछौं।’ ‘धेरै बेच्ने, सस्तोमा बेच्ने र ब्राण्डेड सामानमात्रै बेच्ने’ आफूहरुको उद्देश्य रहेको उनले बताए। बाहिरको मुल्यभन्दा आइटम हेरी ३० देखि ४० प्रतिसतसम्ममा ब्राण्डेड सामान बिक्री-वितरण गर्ने लामिछानेले दाबी गरे।
 
‘हामीले गुणस्तरीय नेपाली उत्पादनको प्रवद्र्धन गर्न खोजेको हौं,’ उनले भने। लामिछानेको अनुसार बजार निर्माणका लागि ५ करोड रुपैयाँको खर्च भएको छ।  बजारको भौतिक निर्माण कार्य सकिएको छ, केहीदिनभित्रै सटरहरु भाडामा लगाइने छ। बजारमा ४० वटा सटर रहने छन्, जहाँ एक सटरमा एउटामात्रै आइटम राख्न पाइने छ।
 
बजारमा स्वदेशी तथा विदेशी ब्राण्डेड सामानहरु पनि उपलब्ध हुनेछन्। बजारभित्र चस्मा, जुत्ता, लेहेंगा, साडी, फेन्सी, अन्डर गार्मेन्टका पसल रहनेछन् भने एउटा स्तरीय शैलुन रहने लामिछानेले बताए। दुई तलाको यो भनव सुरुका तला आरसीसी ढलान र माथिल्लो तला प्रिफाइव भएकाले पूर्णरुपमा भूकम्प प्रतिरोधी छ।  सटर पाँच वर्षका लागि भाडामा लगाइने र पाँच वर्षपछि नविकरण गरिने छ।
 
सञ्चालक लामिछानेका अनुसार फेसन सस्तो बजारमा सटर लिन इच्छुकले फेसन सस्तो बजारको फेसबुक पेज  https://www.facebook.com/fashionsastobazar/?ref=br_rs  र वेभ पेज www.fashionsastobazar.com मा गएर सम्पर्क गर्नसक्ने छन्। बजारबाट फेसनसँग सम्बन्धित नयाँ–नयाँ उत्पादनको डिजाइनसमेत हुने उनले बताए  केही समयभित्रै अनलाइन सपिङको व्यवस्था मिलाइने छ।
 
बजारमा १०० वटा मोटर साइकल र आधा दर्जन जति गाडी पार्किङ गर्न सकिने भएकाले आफ्नो साधन लिएर सामान किन्न जानेलाई पनि सजिलो हुने उनको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ