arrow

क्यानमाथिको प्रतिबन्ध फुकुवा गर्न आइसीसी टोली सहमत, क्रिकेट संघको सट्टा क्रिकेट बोर्ड रहने

क्यानको अस्तित्व सकिँदै

logo
प्रकाशित २०७३ भदौ १९ आइतबार
ICC-tieam-pm-bhet.jpeg
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसी नेपाल क्रिकेट संघ क्यानलाई लगाएको प्रतिबन्ध फुकुवा गर्न सहमत भएको छ । आइसीसीका पदाधिकारीले आइतबार बिहान प्रधानमन्त्रीसँग भेटवार्ता गर्दे क्यानलाई लगाएको प्रतिबन्ध हटाउन सहमति जनाएका हुन् । 
 
आइसीसीका प्रमुख कार्यकारी सहितको टोलीसंगको भेटमा प्रधानमन्त्री दाहालले नेपालमा क्रिकेटको  लोकप्रियता बढ्दै गएको र क्रिकेट विकासको लागि नेपालले लगानि समेत गरेको भन्दै क्रिकेट विकासको लागि क्यानको सट्टामा नेपाल क्रिकेट बोर्ड गठन गर्ने प्रतिवद्धता जनाए । प्रधामन्त्रीले स्वतन्त्र बोर्ड गठन गर्ने प्रतिवद्धता गरेपछि आइसीसी प्रमुख कार्यकारी अधिकृत डेभिड रिर्चडशन नेतृत्वको टोली क्यानलाई लागेको प्रतिबन्ध फुकुवा गर्न सहमत भएको हो । 
 
प्रतिबन्ध फुकुवापछि क्यान भने अस्तित्वमा रहने छैन । क्यानको सट्टामा नेपाल क्रिकेट बोर्ड गठन गरिने भेटवार्तामा सहभागि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले हाम्राकुरालाई जानकारी बताए । बोर्ड गठनपछि क्यानको सम्पूर्ण काम कारबाही उसैले गर्ने छ । 
 
नयाँ बोर्डमा सात सदस्य रहने र सदस्यहरुको अन्तिम नामावली साँझ पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने सदस्य सचिव विष्टले बताए । सरकारले आइसीसी प्रतिनिधिसामु गरेको प्रतिवद्धा अनुसार काम गर्न आफुहरु समेत तयार रहेको विष्टले बताए । 
 
उनले भने ‘आज सहमति भएको छ, अब आइसीसीले सम्भवत आगामी अक्टोबर महिनाभित्रै छलफल गरी क्यानमाथिको प्रतिबन्ध फुकुवा गर्नेछ । क्यान निलम्बन फुकुवापछि आइसीसीले रोक लगाएको अनुदान पनि आउने छ । आइसीसीले सन् २०१४ देखि क्यानले पाउँदै आएको अनुदान रकम रोक्का गरेर राखेको छ । 
 
आइसीसीले सरकारी हस्तक्षेप र क्यानको आन्तरिक विवाद्लाई प्रमुख कारण मान्दै गत वैशाख पहिलो साता क्यानलाई निलम्बम गरेको थियो । आगामी अक्टोबरमा बस्ने आइसीसी बोर्ड बैठममा क्यान प्रतिबन्धबारे महत्वपूर्ण निर्णय आँकलन गरिएको छ । 



नयाँ