arrow

स्याङजामा पहिरोमा पुरिएर चार जनाको मृत्यु

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ भदौ १९ आइतबार
syangja-landslide.jpeg
स्याङजा। गए राती आएको अविरल बर्षाका कारण स्याङ्जाको केवरेभन्ज्याङ्ग गाविस ७ को उपल्लो ताप्केमा राती साढे १ वजेतिर पहिरो जाँदा चार जनाको मृत्यु भएको छ। चन्द्राकुमारी सारु मगरको घरमा तीज मनाउन आएका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
 
मृत्यु हुनेमा ७८ वर्षिय चन्द्राकुमारी सारु मगर,उनकी नातीनी मल्याङ्गकोट ९ दार्सिङकी अन्दाजी ३२ वर्षकी हुमकला मस्र्याङगी मगर तथा हुमकलाका ७ वर्षीय छोरी पुनम र १ वर्षिय छोरा सुजनको पुरिएर ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक उत्तम प्रकाश वरालले जानकारी दिए । घटनाका् जानकारी पाउना साथ गएराती नै प्रहरीका् टोली घटनास्थलमा पुगेको निरिक्षक बरालले जानकारी दिए। रातको समय भएकाले अत्यन्तै कठिनका साथ पहिरोमा पुरिएका शवहरु निकालिएको थियो। शवहरु निकाल्न स्थानीय र प्रहरीले उद्धार गरिएको बताइएको छ। 
 
अविरल वर्षासँगै घरमाथिवाट आएको पहिरोले उनीहरुलाई सुतिरहेको वेलामा पुरेको हो। मृतक चारै जनाको शवलाई पुरिएको ठाँउवाट निकालेर वालिङ प्राथमिक स्वास्थ्य केन्दमा पोष्टमार्टम पछि परिवारलाई जिम्मा लगाइएको छ।
 
घट्नास्थल सम्म पुग्ने सडकको ठाँउ ठाँउमा पहिरो गएकाले प्रहरीले पहिरो हटाउदै पुग्नु परेको थियो। अझै ठुलो बाढी आएमा स्थानीय दुलश्यम सारुको घर समेत जोखिममा परेको प्रहरीले जनाएको छ। सारुको परिवारलार्ई सुरक्षित अवस्थामा रहन समेत सजग गराएको प्रहरी निरिक्षक बरालले बताए। यस भन्दा अगाडी स्याङ्जाको चापकोटमा २ जना बालक कुवामा हातखुट्टा धुने क्रममा पहिरोमा पुरिएर मृत्यु भएको थियो। अहिले सम्म स्याङ्जामा पहिरोले पुरिएर स्याङ्जामा ६ जनाको मृत्यू भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ