arrow

छुटेका भूकम्प पीडितबारे दबाब दिन ओलीका वनमन्त्री देखि कांग्रेस सांसद बालुवाटार

logo
प्रकाशित २०७३ भदौ १९ आइतबार
PM-samsad-bhet-new-aaja.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी तथ्याङ्कमा छुटेका भूकम्प पीडितको नाम संकलनका लागि फेरि प्रक्रिया सुरु गर्न आफूले निर्देशन दिइसकेको बताएका छन् । 
 
आइतबार बिहान सिन्धुपाल्चोकका सांसदहरुको सर्वपक्षीय प्रतिनिधि मण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भुकम्प पीडितको सूचीमा छुट भएका वास्तविक पीडितको नाम थप्ने गरी प्रक्रिया अघि बढेको जानकारी गराए । 
 
प्रधानमन्त्री दाहालले आफू जुरेको पहिरोदेखि नै पीडितहरुलाई राहत र अनुदानका लागि सिन्धुपाल्चोकमा पटक–पटक गएको र सिन्धुपाल्चोक लगायत भुकम्प पीडित क्षेत्रका जनताका समस्या समाधानप्रति निकै गम्भीर रुपमा लागिरहेको बताउँदै भूकम्प पीडितलाई तत्काल १ लाख रुपैया थपेर ३ लाख रुपैया अनुदान दिने र २ लाख सहुलियत ऋण गरी ५ लाख उपलब्ध गराउन प्रक्रिया अघि बढेको जानकारी गराए ।
 
प्रधानमन्त्रीले अरनिको राजमार्ग मर्मत् र तातोपानी नाका खोल्न आफूले पहल गरिरहेको सुनाए । सिन्धुपाल्चोकका सभासदहरु पूर्व मन्त्री अमृत बोहरा, पूर्व मन्त्री (ओली सरकारका वनमन्त्री) अग्निप्रसाद सापकोटा, मोहनवहादुर बस्नेत, शेरवहादुर तामाङ र रमेश लामा संलग्न प्रतिनिधि मण्डलले छुट भएका भुकम्प पीडितको नाम समावेश, भुकम्प र बाढी पहिरो पीडितलाई राहत, अरनीको राजमार्ग र तातोपानी नाका सुचारु गर्नुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ