arrow

संविधान संशोधन सम्बन्धमा मस्यौदा समिति गठन

logo
प्रकाशित २०७३ भदौ १९ आइतबार
Madhesi-morcha.jpg.jpeg
काठमाडौँ। सङ्घीय गठबन्धनको आजको बैठकले सङ्घीय गठबन्धनका नेता लक्ष्मणलाल कर्णको संयोजकत्मा ११ सदस्यीय संविधान संशोधन मस्यौदा समिति गठन गरेको छ । 
 
समितिमा सांसदहरु लालबाबु राउत, वृषेशचन्द्र लाल, रामनरेश राय, केशव झा, गोपाल दहित, कुमार लिङ्देन मिराक, प्रेमबहादुर खाती, शिल्पीको तर्फबाट एकजना, प्रादेशिक मोर्चाको तर्फबाट एकजना र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको तर्फबाट एक जना गरी ११ सदस्यीय संविधान संशोधन मस्यौदा समिति गठन गरिएको गठबन्धनका संयोजक उपेन्द्र यादवले जानकारी दिए । 
 
बैठकले आगामी असोज ३ गते गाविस, नगरपालिका र सदरमुकाममा विरोध प्रदर्शन गरी कोणसभालगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ