arrow

सरकारी सञ्चारगृह बलियो र प्रतिस्पर्धी बनाइने : मन्त्री कार्की

logo
प्रकाशित २०७३ भदौ १९ आइतबार
sanchar-mantri-karki-.jpeg
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले बदलिँदो परिवेशमा मन्त्रालय मातहतका संस्थान तथा समितिहरुलाई बलियो, प्रतिस्पर्धी एवम् पूर्णरुपमा व्यावसायिक बनाइने बताएका छन् । 
 
मन्त्रालय मातहतका राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, गोरखापत्र संस्थान, नेपाल टेलिकम, रेडियो नेपालमा कार्यरत नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनमा आवद्ध कर्मचारीहरुसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री कार्कीले सरकारी संस्थाहरु बलियो भएमात्रै जनताले सही र व्यवहारिक रुपमा फाइदा पाउने भएकाले ती निकायलाई बलियो र प्रतिस्पर्धी बनाउने बताए । 
 
मन्त्रालय मातहतका सबै संस्थालाई पूर्णरुपमा व्यवसायिक, प्रतिस्पर्धी बनाउन के के गर्न सकिन्छ भनेर कार्ययोजना ल्याउन निर्देशन दिइसकेको उल्लेख गर्दै मन्त्री कार्कीले सबै पक्षसँग मिलेर काम गर्न आफू इच्छुक रहेको जानकारी दिए । 
 
जनतालाई सही र तथ्यपूर्ण सूचना दिने निकायलाई बलियो र प्रतिस्पर्धी र सक्षम बनाउन मन्त्रालयको तहबाट उपलब्ध हुने सबै सुविधा उपलब्ध गराउन आफू तयार रहेकोसमेत मन्त्री कार्कीको भनाइ थियो । उनले नकारात्मकभन्दा सकारात्मक समाचार सम्प्रेषणमा ध्यान दिन र जनताका विषयमा केन्द्रित हुन र सोहीअनुसार अगाडि बढ्न मन्त्रालय मातहतका कर्मचारीहरुलाई आग्रह गरे । 
 
सो अवसरमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन संस्थान राष्ट्रिय समितिका अध्यक्ष जयबहादुर शाहीले सरकारी संस्थानलाई बलियो बनाउन मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताए । 
 
सो अवसरमा पाँचवटै संस्थाका प्रतिनिधिले आफू कार्यरत संस्थाको समस्या एवम् समाधानका उपायहरुका बारेमा समेत मन्त्री कार्कीलाई जानकारी गराउएका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ