arrow

राष्ट्रपतिबाट तीजको मौकामा पशुपति दर्शन

logo
प्रकाशित २०७३ भदौ १९ आइतबार
rastrapati-psupati.jpeg
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजको अवसरमा आइतबार साँझ पशुपतिनाथको दर्शन गरेकी छन् । 
 
राष्ट्रपति भण्डारी पशुपतिमा पुग्दा दर्शनका लागि लामबद्ध महिलाले हात हल्लाएर स्वागत गरेका थिए ।
 
राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद सदस्य एवम् कर्मचारीले मन्दिरको पश्चिमद्वारअघि स्वागत गरेका थिए । 
 
मन्दिर घुमेर राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गरेपछि मूलभट्ट पुराजरी गणेश भट्टबाट प्रसाद ग्रहण गरेको कोषका सदस्य सचिव  गोविन्द टन्डनले जानकारी दिए । 
 
तीजजकै अवसरमा प्रधान न्यायाधीश सुशीला कार्कीले समेत दिउँसो पशुपतिनाथको दर्शन गरी प्रसाद ग्रहण गरेकी थिइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ