arrow

तीजको शुभकामना साट्न मन्त्री केसीसँगै आए भारतीय राजदुत

logo
प्रकाशित २०७३ भदौ १९ आइतबार
arjun-nkc-ranjit-ray.jpeg
काठमाडौं। शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले संबिधानका केही विषयमा देखिएको असन्तुष्टिहरुलाई संवोधन गर्दै संबिधानको पूर्ण कार्यान्वयन गर्नका लागि सहमति, सहकार्य र सह–अस्तित्वको संस्कार अपरिहार्य रहेको वताएका छन्। हामी सवै नेपाली हौं र राष्ट्रको समस्या सबैको साझा समस्या हो भन्ने भावना जागृत भएमात्र परिवर्तनका उपलव्धिहरु संस्थागत हुने मन्त्री केसीको भनाई छ।
 
आईतवार ललितपुरको लगनखेलमा स्वतन्त्र प्रजातान्त्रिक युवा संघले आयोजना गरेको नेपाल भारत मैत्री बृहत तीज बिशेष कार्यक्रममा मन्त्री केसीले नेपाल र भारतबीच सदीयौंदेखि आर्थिक, सामाजिक र सांस्कृतिक संवन्ध रहेको वताउँदै दुई देशबीचको मित्रतालाई अझ मजवुत वनाउन जनस्तरवाट समेत सार्थक पहल हुनुपर्नेमा जोड दिए। मन्त्री केसीले संस्कार, संस्कृती, परम्परा र मान्यताहरुले नेपाललाई साँस्कृतिक रुपमा सम्पन्न वनाएको वताउँदै परम्पराको निरन्तरतावाटै सह–अस्तित्व, शान्ति र भातृत्वको सम्वन्ध विकसित गर्न सकिने वताए।
 
कार्यक्रममा नेपालका लागि भारतीय राजदुत रणजित रायले नेपाल र भारतको सम्वन्ध जनसम्वन्धमा आधारित रहेको वताउँदै साँस्कृतिक समानताले दुई देशवीचको एकतालाई मजवुत वनाउँदै आएको धारणा व्यक्त गरे। कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष अरविन्दले नेपाल भारत वीचको सम्वन्ध सुदृढ वनाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ