arrow

४४ अर्बमा एलन मस्कलाई कम्पनी बेच्न ट्विटरका शेयरधारक सहमत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २९ बुधबार
elonmusktwitter.PNG

काठमाडौं । ट्विटरका शेयरधारकहरूले एलन मस्कलाई कम्पनी ४४ अर्ब अमेरिकी डलरमा बेच्न भएको सम्झौतालाई अनुमोदन गर्ने पक्षमा मतदान गरेका छन् । कम्पनीको सान फ्रान्सिस्कोस्थित मुख्यालयका लगानीकर्ताहरूसँगको छोटो सम्मेलनमा यो निर्णय भएको हो ।

यसको मतलब ट्विटरले अब अदालतमा एलन मस्कलाई कम्पनी किन्न बाध्य पार्ने प्रयास गर्नेछ। अमेरिकी सिनेटको अगाडि ट्विटरको सुरक्षाका पूर्व प्रमुख पिटर जाट्कोको विस्फोटक बयानपछि यस्तो निर्णय आएको हो ।

गत अप्रिलमा, ट्विटर विश्वको सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई कम्पनी बेच्न सहमत भएको थियो।

यद्यपि मस्कले प्लेटफर्ममा स्प्याम र बट खाताहरूको संख्याको बारेमा ट्विटरले भ्रमित गरेको आरोप लगाएपछि सम्झौता रोकिएको थियो ।

त्यसपछि गत मेमा मस्क आफूले ट्विटर किन्न नचाहने भनेको थिए । तर ट्विटरले भने अब कम्पनी किन्न बाध्य पार्ने र त्यसो नगरे क्षतिपूर्ति पाउनका लागि मुद्दा हालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ