arrow

बिपी विचार राष्ट्रिय समाज गठन

logo
प्रकाशित २०७३ भदौ २० सोमबार
bp-koirala.jpeg
इटहरी । नेपाली काँग्रेससँग सम्बद्ध नेताहरुको सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा भएको भेलाले रामबहादुर बस्नेतको अध्यक्षतामा बिपी विचार राष्ट्रिय समाज सुनसरीको गठन गरेको छ । 
 
नवगठित समाजको सचिवमा केशवकुमार भट्टराई तथा सदस्यहरुमा अगमलाल चौधरी, दिलकुमारी राई, झवरलाल यादव, मुक्तिनाथ निरौला, सत्यनारायण गच्छदार, याम प्रधान, किशोर राई, डिल्ली दाहाल र धर्मनारायण मण्डल सदस्य छानिएका छन् ।  
 
यसैगरी भेलाले रामनारायण चौधरी, भरत गोली, अशोक पोख्रेल, धनबहादुर थापा, राजु ढकाल र शङ्कर बस्नेतलाई पनि सदस्यमा सर्वसम्मतले चयन गरेको छ । 
 
भेलाले रामबहादुर बस्नेत, दिलकुमारी राई ,केशव भट्टराई, डिल्ली दाहाल र झवरलाल मण्डललाई महाधिवेशन प्रतिनिधिमा छनोट गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ