arrow

दोलखामा लगातार दुई वटा भूकम्पका पराकम्पन

logo
प्रकाशित २०७३ भदौ २० सोमबार
after-shock.jpeg
काठमाडौं । सोमबार एकाबिहानै दोलखा केन्द्रबिन्दू भएर दुई पटक भूकम्पका धक्का गएका छन् । ०७२ को गोरखा भूकम्पको पराकम्पनका रुपमा आएका दुबै धक्काले भने दोलखा र वरिवरिको क्षेत्रमा एकाएक त्रास पैदा भएको थियो । 
 
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ६.२२ बजे पहिलो धक्का महसुस गरिएको थियो ।
 
 
ओरङ र बिगुको बीचमा केन्द्रबिन्दु बनाएर ४.१ म्याग्नेच्युडको पराकम्पन आएको हो । त्यस्तै ७.४९ बजे ४.५ म्याग्नेच्युडको अर्को पराकम्पन आएको हो ।
 
 
दोस्रो पराकम्पन माबु नजिकै केन्द्रबिन्दू थियो । यसअघि भदौ ७ गते गोरखा केन्द्रबिन्दू भएर ४.१ म्याग्नेच्युडको पराकम्पन आएको थियो ।
 
अहिलेसम्म गोरखा भूकम्पदेखि ४ म्याग्नेच्युडदेखि माथिका ४६७ पराकम्पन आइसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ