काठमाडौं। नेपाल ईन्जिनियरिङ एसोसिएसनको ३१औं कार्यकारिणीको निर्वाचनमा लोकतान्त्रिक समुह बलियो स्थितिमा रहेको देखिएको छ। ३० औ कार्यकारिणीको निर्वाचनमा लोकतान्त्रिक समुहकै दुई समूह चुनाव लड्दा पनि बिजय भएको लोकतान्त्रिक समूह, अहिले अदभूद एकता प्रदर्शन गर्दै एउटै प्यानल बनाइ मैदानमा ओर्लेपछि अहिले नै यो समुहको विजयी शुनिश्चित भएको तर्क गरिदैछ।
अघिल्लो निर्वाचनमा ६६% भन्दा बडी मत आफ्नो पोल्टामा पारेको लोकतान्त्रिक समूह यसपटक पनि अत्यधिक मतले बिजय हुने चर्चा आम इन्जिनियरहरुमाझ छ। यस समुहबाट अध्यक्षमा हरेराम श्रेष्ठ, उपाध्यक्षमा उमाशंकर साह, महासचिवमा उमेश प्रसाद थानी, उपमहासचिवमा रबिभुषण झा, कोषाध्यक्षमा सुसान बैध छन्। सदस्यहरुमा सन्जय अधिकारी, होमनाथ पोखरेल छन् भने इन्जिनियरिङ परिषद सदस्यका लागी श्रीराम न्यौपाने, सैलिता मानन्धर जोशी, डा सुरेन्द्र श्रेष्ठ, रोशन कुमार देब र कृष्णदेब झा चुनावी मैदानमा ओर्लदै छ्न।
अध्यक्षका उम्मेदवार हरेराम श्रेष्ठ विगत ३०वर्षदेखि विकास र वातावरणको क्षेत्रमा परामर्शदाताका रूपमा सक्रिय रहिआएका छन्। सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फम (स्काफ) र नेपाल इन्जिनियर्स एसोसिएसनको नेतृत्व तहमा पटकपटक बसेर आफ्नो नेतृत्व क्षमताको परिचय दिइसकेका श्रेष्ठ खासगरी दिगो विकास, यातायात, हरित सडक, उर्जा, क्लाइमेट चेन्ज, ग्रामीण सडक लगायत थुप्रै टेक्निकल, सोसियल र एन्ट्राप्रिनर्सिप बिज्ञका रूपमा ईन्जिनियरिङ जगतमा परिचित छ्न्। उपाध्यक्षका उम्मेदवार उमाशंकर साह लामो समयदेखि नेपाल सरकारको स्थानीय विकास मन्त्रालय अन्तर्गत डोलिडारमा बरिस्ठ ईन्जिनियरको रूपमा सेवा गरिरहेका छन्।
त्यसैगरी महासचिवका उमेदवार उमेश प्रसाद थानी ईन्जिनियरहरुको नियामक निकाय नेपाल इन्जिनियरिङ परिषद्मा रजिस्ट्रारको रूपमा कार्यरत छन्। नेपालको दुर्गम हिमाली जिल्ला हुम्ला, सुर्खेत, कैलाली, कास्की, काठमाडौमा शिक्षा परियोजना ईन्जिनियर, सुदुर पश्चिमका नौ जिल्लामा सेभ द चिल्ड्रेनबाट रिजनल ईन्जिनियर, एम यु, एफ यु र पोखरा युनिभर्सिटीमा इन्जिनियरिङ विषयगत बिज्ञको रूपमा योगदान पुरायका थानी लामो समयदेखि त्रिभुवन युनिभर्सिटीका क्याम्पसमा प्राध्यापन पेशामा समेत संलग्न छन्। पुल्चोक क्याम्पसबाट वाटर रिसोर्समा स्नातकोत्तर गरेका थानी जलस्रोत बिज्ञ इन्जिनियर पनि हुन्। प्रष्ट वक्ता ,प्रतिभाशाली र प्रभावसाली व्यक्तित्व भएका थानी आफ्नो कम बोल्ने, सकिने काम नपन्छाउने र झुटो कुराले कसैलाई नरिझाउने स्वाभावका कारण देशैभरका ईन्जिनियरहरुमाझ लोकप्रिय छ्न्।
उपमहासचिवमा रबिभुषण झा, कोषाध्यक्षमा सुसान बैध पनि इन्जिनियरहरुमा लोकप्रिय छन्। पाका इन्जिनियर र यूवाहरुको मिश्रीत समुह रहेको प्यानलका सबै सदस्यका उम्मेदवारहरु पनि मतदाता इन्जिनियरहरुमाझ लोकप्रिय छन्। समग्रमा नेपाल ईन्जिनियरिङ एसोसिएसनको ३१औं कार्यकारिणीको निर्वाचनमा लोकतान्त्रिक समुह जीतको नजिक रहेको बताइन्छ।