काठमाडौं । मेडिकल शिक्षामा सुधारको आवाज उठाउँदै आएका बरिष्ठ हाडजोर्नी रोग विशेषक्ष प्राध्यापक डाक्टर गोविन्द केसी एनपीस अवार्ड–२०१६ को मनोनयनमा परेका छन् ।
सन् २०११ बाट सुरु भएको सो अवार्ड एसियाली क्षेत्रमा शान्ति निर्माण र समुदायको सशक्तिकरणमा उच्च योगदान पुर्याउने व्यक्तिलाई प्रदान गर्ने गरिन्छ । एनपीस अवार्डले मनोनयनमा नेपाल, पाकिस्तान, अफगानिस्तान, म्यानमार, इन्डोनेसिया र फिलिपिन्स गरी ६ वटा मुलुकलाई समेट्दै आएको छ ।
जम्मा तीन विधामा प्रदान गरिने सो अवार्डमा प्राध्यापक डाक्टर केसी ‘क्याम्पेनिङ फर एक्सन’ विधामा मनोनित भएका हुन् । यद्यपि, केसी सो विधामा मनोनित हुने एक्लो नेपाली भने होइनन् । डा. केसीसँगै नेपालबाट मनोनित हुनेमा किसम गुरुङ, मदन मगराती, माया थापा, लाक्पा लामा, महमद सेर बगवान, सुरेश कुमार, कुमारी शाह र ज्ञान महर्जन छन् ।
यसैगरी मनोनयनमा गायक निर्णय श्रेष्ठ समेत मनोनयमा परेका छन् । परोपकारी कार्यलाई मुलुकभित्र मात्रै सिमित नराखेका प्राध्यापक डाक्टरकेसीले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विपदका बखत स्वयंसेवकको रुपमा स्वास्थ्य सेवा प्रदान गरेका छन् ।
केसीले नेपाल अाइपरेका विविभन्न विपदमा दूर दराजमा गएर नागरिकको सेवा गरेका थुप्रै घटनाक्रमहरु छ । यसै वर्ष पनि केसीले आफ्नो आठौं अनसन ताडिएपछि सप्तरीको तिलाठीमा गएर बाढी पीडितको उपचार गरेका थिए । यसअघि भूकम्पको समयमा पनि केसी कयौं दिन रात घाइतेको उपचारमा खटिए । कर्णालीका विकट बस्ती हुन् वा तराईका निम्न वर्गका नागरिकको झुपडीमै पुगेर उपचार गर्ने केसीको अलौकिक सेवा भाव छ ।
मेडिकल क्षेत्रमा माफिया मौलाएको भन्दै मेडिकल शिक्षामा सुधारको माग राख्दै पटक–पटक अनसन बस्दै आएका प्राध्यापक डाक्टर केसीले पछिल्लो समय आफ्नो आठौं अनसनपश्चात सरकारसँग लिखित सम्झौंता भएपछि अनसन तोडेका थिए । केसीको सो अभियानलाई अहिले विभिन्न क्षेत्रका पेसाकर्मीले समेत साथ दिएका छन् भने नागरिक स्वयं केसीको मागका पक्षमा छन् ।
मनोनितहरुलाई भोटिङ् गर्न सकिने व्यवस्था छ । त्यसका लागि अवार्डको आधिकारिक
लिङ्क पेजमा गएर भोट गर्न सकिने छ । अगष्ट १८ देखि भोटिङ् खुल्ला रहेको र भोटिङ् सेप्टेम्बर ३० सम्म खुल्ला रहने छ । अवार्ड विजेताको घोषणा भने अक्टोबर २४ मा गरिने छ । गत वर्ष अवार्ड वितरण समारोह अमेरिकाको न्यूयोर्कमा भएकामा यसपटक थाइल्याण्डको बैंककमा हुने भएको छ ।
आश्चर्य केसीलाई अवार्डमा मनोनय भएको थाहा छैन !
प्राध्यापक डाक्टर गोविन्द केसीलाई अवार्डमा हजुर पनि पर्नु भए छ नी ? हामीले सोध्यौं– ‘खै मैलाई त केही जानकारी छैन । थाहै भएन’–केसीले उत्तर दिए । डाक्टर केसीलाई यत्ति सोध्न पनि हामीले निकै समय पर्खेका थियौं । केसी शल्यक्रिया कक्षमा व्यस्त भएकाले निकै बेर हामीले उहाँलाई पर्खियौं । सहयोगिले एकै छिन् खाली हुनु भो भन्ने वित्तिकै कुरा गर्दा केसीले मलाई थाहा छैन भन्दै अहिलेलाई यति कुरा गर्रौ–भने । त्यो अवस्थामा हामीले केसीको धेरै समय लिन चाहेनौं ।
केसीको सत्याग्रहलाई केही व्यक्ति अथवा निकायले शंकाले हेर्ने गर्दछन् । ता कि केसी कसैको बहकाउमा छन् । केसीको बेस्वार्थ सेवा भावलाई नै हेर्ने हो भने, उनीभित्र कुनै खालको लोभ प्रलोभ छैन । नभए सम्मानित हुने र सम्मान लिने कुरा नेपालको हकमा जो कोहीलाई थाहा हुन्छ ।