arrow

थाइल्याण्डले गर्‍यो प्रधानमन्त्रीलाई भ्रमणको आग्रह

logo
प्रकाशित २०७३ भदौ २० सोमबार
prachanda-aaaa.JPG.jpeg
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाललाई आगामी असोज २२ गतेदेखि सुरु हुने एसिएन कोअपरेटिभ समिटमा भाग लिन थाइल्याण्ड सरकारले निमन्त्रणा गरेको छ । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा थाइल्यान्डका राजदूत भुट्टी भुट्टीसान्टले भेटवार्ता गरी एसियाली मुलुकका सरकार प्रमुखहरु सहभागी हुने उक्त सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाललाई आग्रह गरेका हुन् । 
 
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैंककमा हुने दोस्रो सम्मेलनमा सहभागिताका लागि थाई सरकारका तर्फबाट राजदूत भुट्टीसान्टले निमन्त्रणापत्र हस्तान्तरण गरे । 
 
सो अवसरमा नेपाल र थाइल्यान्डबीचको मैत्री सम्बन्ध र आपसी हितका बारेमा समेत छलफल भएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ