arrow

समानुपातिकतर्फको बन्द सूची तयार गर्दै कांग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २ आइतबार
nepali-congress-flag-tree00.jpg

काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बनाउन तयारी थालेको छ ।

समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची तयार गर्न बिहान ९ बजेदेखि कांग्रेस केन्द्रीय संसदीय समितिमा छलफल जारी रहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । 

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा समितिका पदाधिकारीले छुट्टाछुट्टै क्लष्टरकारुपमा छलफल गरिरहेको र दिउँसो २ बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासहितको औपचारिक बैठक बस्ने उनले बताए । 

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउन दलहरुलाई आज र भोलिको समय निर्धारण गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ