arrow

दशैंको टीकाको दिन विप्लव माओवादीको चक्काजाम

logo
प्रकाशित २०७३ भदौ २० सोमबार
Biplab-mawobadi.jpeg
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले आउँदो असोज २५ गते देशव्यापी चक्काजाम गर्ने निर्णय गरेको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विप्लव माओबादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले दशैंको टीकाको दिन विहान ९ देखि १० बजेसम्म चक्काजाम गर्ने निर्णय गरिएको जनाएको छ ।  
 
उसले विभिन्न जनजिविकाका मुद्दा अघि सारेर भदौ २० देखि २५ गतेसम्म पहिलो चरणको संघर्षका कार्यक्रम गर्ने जनाएको छ । जसमा भदौ २२ गते आफ्ना विभिन्न मागसहितको ज्ञापनपत्र सरकारलाई बुझाउने निर्णय गरेको छ । 
 
त्यसपछि भदौ २८ गते देशव्यापी मशाल जुलुस र असोज ५ गते आपूर्ति मन्त्रालय घेराउ गर्ने कार्यक्रम गरिएको पनि प्रवक्ता विकले जानकारी दिए । त्यस्तै, अन्य संघर्षका कार्यक्रमहरू अन्तर्गत असोज २५ गते देशव्यापी चक्काजाम र कात्तिक २८ गते नेपाल बन्द गर्ने विप्लव माओवादीले जनाएको छ ।
 
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फागुन १ गतेदेखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरिएको जानकारी पनि विकले दिए । फागुन १ गते जनयुद्ध दिवसको दिन खुलामञ्चमा महाधिवेशन उदघाटन गर्ने र बन्दसत्र रोल्पाको थवाङमा गर्ने माओवादीको तयारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ