arrow

श्रृंखलावद्ध हत्यामा संलग्न रइस साउदी भाग्नै लाग्दा पक्राउ, तीन हत्यामा संलग्न रहेको खुलासा

विहारबाट सप्तरी आएपछि ‘किलर’ बने

logo
प्रकाशित २०७३ भदौ २० सोमबार
saptari-parahari-new.jpeg
राजविराज । श्रृंखलावद्ध हत्यामा संलग्न मोहम्द मस्तकिम भनिने रइस मिँया साउदी अरब जाँदै थिए । साउदी उड्नै लाग्दा उनी आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । विमानस्थल प्रहरीको सहयोगमा पक्राउ परेका उनलाई पक्राउ लगत्तै सप्तरी पठाइयो । 
 
उनी तीन ठाउँमा भएको व्यक्ति हत्याको घटनामा संलग्न रहेकोसम्म खुलेको छ । अन्य घटनासंग जोडिएकोबारे जिल्ला अदालत सप्तरीबाट म्याद थप भई अनुसन्धान भइरहेको छ । 
 
आइतबार पक्राउ परेका मिँयालाई सोमबार सप्तरी प्रहरीले सार्वजनिक गरेको छ । उनीबारे हत्याका अन्य पनि आरोप रहेको तर, तीन हत्यामा संलग्न रहेको खुलेको सप्तरीका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालले हाम्राकुरालाई जानकारी दिए । रइस पहिले भारतीय नागरिक रहेको र सप्तरी बसेपछि उनले नेपालको नागरिकता लिएको एसएपी ढकालले बताए । 
 
भारतको विहारको मधुवनी जिल्ला अन्र्तगत लौकहा बगमरिया घर भएका उनको परिवार अहिले सप्तरीको सारस्वर गाविस –६ मा बस्दै आएको छ । उनीसंग दुवै देशको नागरिकता रहेको समेत खुल्न आएको छ । रइस संलग्न समूहले सप्तरीमा २०६९ सालमा सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुन, २०७० सालमा जण्डौल–६ की दुलारी देवी साह र त्रिकोल गाविस–५ की निर्मला देवी साहको हत्या गरेको प्रहरीको भनाई छ । एसपी ढकालले भनेका छन्, ‘यी घटनामा उनको संलग्नता रहेको कुरा आयो ।
 
अन्य घटनामा संलग्न भएकोबारे अनुसन्धान अघि बढिसकेको छ ।’ यस्तै, उनी सुनसरी सदरमुकाम इनरुवामा एकै परिवारका तीनजनाको हत्या भएको घटनामा समेत संलग्न रहेको बताइएको छ । लामो समयदेखि फरार रहेका ३६ वर्षीय रइस नेपाली नागरिकता र राहदानी बनाई रोजगारीका लागि साउदी जान लागेको सूचना पाएपछि प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गरेको हो ।
 
उनी संलग्न रहेको भनिएका सबै हत्याका घटना धन पैसाको लोभले भएको  एसपी ढकालको भनाई छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ