arrow

तरुण दल सुनसरीमा गुरुङ सर्वसम्मत निर्वाचित

logo
प्रकाशित २०७३ भदौ २० सोमबार
dharan-tarnun.jpeg
धरान। नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सुनसरीको सभापतिमा सिजन गुरुङ निर्वाचित भएका छन्। यस अघि कार्यवाहक सभापति रहेका गुरुङ दलको चौथो जिल्ला अधिवेशनवाट सर्वसम्मतले निर्वाचित भएका हुन।
 
निर्वाचित अन्य पदाधिकारी र केन्द्रिय प्रतिनिधिहरु समेत सर्वसम्मत नै भएको कांग्रेस सुनसरी सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले बताए। उनका अनुसार उपसभापतिमा सन्तोष वि.क., सचिवमा रमेश कटवाल र अम्बुस श्रेष्ठ, कोषाध्यक्षमा अरविन्द मण्डल रहेका छन्। त्यसैगरी केन्द्रिय प्रतिनिधिहरुमा सुवोध घिमिरे, गोमा अन्सारी, माया राई, उर्मिला कोइराला, प्रेमकुमार राई, रोजन रणपहेली र राजकुमार ठाकुर सर्वसम्मत निर्वाचित भएको उनले बताए। 
 
केही पदहरुमा धेरै तरुणहरु आकांक्षी भएतापनि पाटी सभापति राजिव कोइराला, तरुण दलका केन्द्रिय प्रतिनिधि मदन बुढाथोकी, तरुण नेता संजय श्रेष्ठ, नवनिर्वाचित सभापति सिजन गुरुङ लगायत पाटीका अन्य नेता साथीहरुको आपसी सहयोग, समन्वय र सहमतिमा सबै पद सर्वसम्मत हुन सफल भएको हो।
 
निर्वाचन अधिकृत मणि दुलाल तथा सदस्यद्धय प्रमोद पोखरेल र इन्द्र पोख्रेल रहेको तीन सदस्यीय निर्वाचन मण्डलले समग्र निर्वाचन प्रकृया सञ्चालन गरेका थिए। अन्य पदाधिकारी तथा सदस्यहरु छिट्टै मनोनित गरी समितिलाई पूर्णता दिइने नवनिर्वाचित सभापति गुरुङले बताए। यस अघि दलको अधिवेशन कांग्रेस केन्द्रिय सदस्य समेत रहेका रक्षा मन्त्री बालकृष्ण खांडले उद्घाटन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ