arrow

देउवाको गृह जिल्लाका व्यापारी प्रशासनको छड्के अनुगमन टोलीलाई झुक्याउन खप्पिस

सुनको जलप लगाएको तिलहरीको मूल्य : अनुगमन टोलीले साध्दा १ हजार, उपभोक्ताले सोध्दा ४ हजार

logo
प्रकाशित २०७३ भदौ २० सोमबार
dadeldhura-bag-bazar.gif.jpeg
डडेल्धुरा । कांग्रेस सभापति शेरबहदुर देउवाको गृह जिल्ला डडेल्धुराका व्यावरी प्रशासनको छड्के अनुगमन टोलीको पनि आँखा छलेर उपभोक्तालाई ठग्ने गरेको खुलेको छ ।
 
प्रशासनले जिल्ला सदरमुकामको बागबजार क्षेत्रमा अनुगमन गर्दा यस्तो चर्तिकलाको खुलासा भएको हो । चाडवाड नजिकिएसँगै प्रशासनले जिल्लाको मुख्य बजार बागबजार क्षेत्रमा खाद्य पदार्थ, पेय पदार्थका साथै केही अन्य गैर खाद्य बस्तुहरुको समेत अनुगमन गरेको छ ।  
 
सामान्य अनुगमनका क्रममा म्याद नाघेका खाद्य बस्तु खासै भेटिएको थिएन् । एउटा पसलमा मात्रै उपभोग्य मिति नाघेका चकलेट र मसला भेटिएको थियो । 
 
तर, छड्के अनुगमनमा निस्किएको प्रशासन कार्यालयको अनुगमन टोलीले केही पसलहरुले व्यवसायी दर्ता प्रमाणपत्र नलिएको समेत भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले बताए । 
 
बजारमा चर्को मूल्य असुली भइरहेपनि व्यापारीहरुले अनुगमन टोलीलाई झुक्याएका छन् । उनीहरुले अनुगमन टोली समक्ष वास्तविक विक्रि मूल्य बताएपनि सर्वसाधारणलाई महङ्गो मूल्यमा गैर खाद्य सामग्रीहरु विक्रि गरिरहेको उपभोक्ताले बताएका छन् ।  
 
एक हजार मूल्य पर्ने सामानलाई उनीहरुले चार हजार सम्म पनि लिने गरेका छन् । अनुगमन टोलीलाई सुनको जलप मात्र लगाइएको छड्के तिलहरीको एक हजार बताएका एउटा पसल सञ्चालकले केहीबेरपछि सर्वसाधारणले उक्त तिलहरीको मूल्य सोध्दा चार हजार बताएका छन् ।
 
चाडपर्वको मौका छोपेर व्यापारीहरुले उपोग्य सामान चर्को मूल्यमा बिक्रि गरिरहेका छन् । अहिले बजार क्षेत्रका हरेक पसलमा एउटै किसिमको सामानको मूल्य फरक–फरक रहेको छ । 
 
यो विषयमा प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिँहले हरेक सामान किन्दा व्यापारीहरुबाट सामान खरिद गरेको विल माग्न आग्रह गरेका छन् । मूल्य अधिक लिएको लागेमा जानकारी गराउन समेत आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ