arrow

बुधबार भव्य रूपमा निजामती दिवस मनाईँदै, यस्तो छ कार्यतालिका

नारा ‘सेवामैत्री प्रशासन : संघीयतामा सुशासन’

logo
प्रकाशित २०७३ भदौ २० सोमबार
निजामती-कर्मचारी.jpg.jpeg
काठमाडौं बुधबार सरकारले निजामति सेवा दिनस २०७३ लार्इ भब्य रूपमा मनाउने तयारी गरेको छ । हरेक वर्ष भदौ २२ गतेका दिन मनाउने गरिएको निजामति कर्मचारी दिवसको यो वर्षको नारा भने ‘सेवामैत्री प्रशासन : संघीयतामा सुशासन’ रहेको निजामती सेवा दिवस मूल समारोह व्यवस्थापन समितिका सदस्य सचिव टंकमणि शर्माले जानकारी दिए ।
 
बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने विशेष समारोहलाई अप्रधानमन्त्री पुक्ष्पकमल दाहाल प्रहचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उक्त अवसरमा विहान ७ बन्जे निजामति कर्मचारीहरू भृकुटीमण्डपमा उपस्थित भएर प्रभात फेरि गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेपनि नौ बजे प्रधानमन्त्रीद्वारा कार्यक्रमको उद्घाटन गर्ने कार्यतालिका रहेको सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । 
 
निजामसत सेवा दिनसको उपलक्ष्यमा भदौ १७ गते नै विभिन्न जिल्लामा राजनीतिक दलका नेताहरू कार्यालय प्रमुखहरूबीच राजनीतिक र प्रशासनबीचको अन्तरसम्बन्धका विषयमा अन्तक्र्रिया सम्पन्न भईसकेको छ । त्यस्तै, सोही दिन अन्तक्र्रियासँगै रक्तदान कार्यक्रम समेत सम्पन्न भईसकेको छ । 
 
यस्तै विभिन्न दिनमा स्वस्थ्य शिविर, रक्तदान कार्यक्रम, विभिन्न खेलकूद कार्यक्रम समेत सम्पन्न गरिसकेको निजामती कर्मचारीहरूले मंगलबारको लागि विभिन्न स्थानमा बृक्षारोपण गर्ने तयारी गरिरहेको छन् । काठमाडौंमा पेप्सीकोलामा वउक्षारोपण गर्ने तयारी गरिएको छ । 
 
यसैगरी, २२ गते बुधबार स्थानीय एफएमबाट निजामती सेवा दिवस, सेवा प्रवाह र विकास निर्माणसम्वन्धी अन्तर्संवाद कार्यक्रम गर्ने तयारी पनि भईरहेको मन्त्रालयले जानकारी दियो । उक्त दिन सरकारले निजामती कर्मचारीहरूको लागि विदा पनि दिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ