एजेन्सी । सुजाता सौदागरको चलचित्र 'रक अन २' को पहिलो टीजर सार्वजनिक भएको छ । टीजर सोमवार सार्वजनिक भएको हो । टिजरको सुरुवात फरहान अख्तरको स्वरबाट भएको छ उनि विशाल दर्शकहरु माझ आफ्नो प्रस्तुति पसकि रहेका छन् ।
रक ब्याण्ड म्याजिकमा आधारित चलचित्रको मुख्य लिड रोलमा फरहान अख्तर र श्रद्धा कपूर रहेका छन् । अभिषेक कपूर द्वारा निर्देशित चलचित्र 'रक अन' को सफलताको ८ बर्ष पछि 'रक अन २' बनेको हो ।
चलचित्रमा फरहान अख्तर, अर्जुन रामपाल, पूरब कोहली र प्राची देसाई बाहेक अन्य कलाकार नयाँ रहेका छन् । चलचित्रमा श्रद्धा कपूर र शशांक अरोडा पनि नयाँ हुन् ।