arrow

मन्दिर प्रवेश गरेका दलितलाई १ आना सुन सहित २ हजार जरिवाना

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ भदौ २० सोमबार
bhajang.jpeg
बझाङ । जिल्लाको  रिलु गाविस ८ द्धारीमा लागेको हरेलो मेलामा स्थानिय एकजना दलितले मन्दिर छुवाछुत गरेको भन्दै स्थानियबासीले दण्ड जरिवान गराएका छन् । रिलु गाविस घरभएका लाल बहादुर आग्री भक्तजनहरुका लागी प्रसाद पकाउने ठाँउ र कालीका देवीको मन्दिरमा प्रवेश गरेपछि स्थानियले उनिवाट एक आना सुन सहित २ हजार नगद दण्ड तिराएका हुन् ।
 
परम्परागत रितीरिवाज अनुसार दलितहरुले मन्दिर छुन नहुने रहेको छ । सो दिन आग्रीले मदिरा सेबन गरि मन्दिर प्रवेश गरेरकाले आग्रीलाई दण्ड गरिएका स्थानिय बताउछन् । आग्रीले सामाजिक मूल्य र मान्यता बिर्सेर गल्ति भएकाले  देवतालाई नै दण्ड जरिवाना तिरेको स्थानिय लाल बहादुर बोहराले वताए ।
 
 दलितले परम्परागत सामाजिक मुल्य मान्यता अनुसार मन्दिर छोए  अमान्य हुने प्रचलन भएकाले आग्रीले आफ्नो इच्छा अनुसार देवता लाई दण्ड तिरेको बताए । रिलु गाविसको कालिका मन्दिरमा भाद्र १९ गते देखि  मेला लाग्ने गर्दछ । जिल्लाका अधिकाशं मन्दिरहरुमा हाल सम्म पनि दलित पुजाआजा का साथै मन्दिर प्रवेशका रोक लगाउने गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ