arrow

तरुण दल सिन्धुली सभापतिमा कुँवर विजयी

logo
राजन परियार।
प्रकाशित २०७३ भदौ २० सोमबार
tarundalsindhuli.jpeg
सिन्धुली। नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदल सिन्धुलीको तेस्रो जिल्ला अधिवेशन सोमवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । अधिवेशनबाट बिजय कुँवर सभापतिमा दुई तिहाइ मतका साथ विजयी भएका छन्।  जिल्ला सभापति पदमा तीन जनाको प्रतिस्पर्धा भएको थियो । कुल २९३ मत खसेकोमा कुँवरले १८६ मत प्राप्त गरेर सभापतिमा विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी सुरज मिश्र(शेखर)ले ८६ मत र अर्का प्रतिद्धन्द्र्धी प्रकाश कार्कीले १७ मत प्राप्त गरेका थिए ।
 
उपसभापतिमा १२३ मतका साथ उत्तरकुमार वाईवा विजयी भएका छन् । उनका प्रतिस्पर्धीद्धय मुकुन्द प्रसाल काफ्ले र शान्तिमान कटुवालले क्रमश ७८ र ७७ मत प्राप्त गरेका थिए । त्यसैगरी रामचन्द्र आचार्यलाई ७५ मतले पछि पादै १७८ मतका साथ विष्णु कार्की(विग्रह) सचिवमा विजयी भएका छन आचार्यले १०३ मत प्राप्त गरेका थिए भने कोषाध्यक्ष पवन कुमार वस्नेत सर्वसम्मत चयन भएका छन् । 
 
आगामी हुने केन्द्रिय महाधिवेशनका लागी महाधिवेशन प्रतिनिधी खुलातर्फ कमल पोखरेल र लक्ष्मी दाहाल सर्वसम्मत, महिला तर्फ इन्दिरा वाईवा र इन्दिरा निरौला सर्वसम्मत चयन भएका छन् । जनजाति तर्फ १९९ मतका साथ विदुर वाइवा महाधिवेशन प्रतिनिधीका निर्वा्चित भएका छन् भने उनका प्रतिद्धन्द्धी भिम वहादुर थिङ्गले ७६ मत प्राप्त गरेका थिए । दलिततर्फ महाधिवेशन प्रतिनिधीका १४५ मत प्राप्त गर्दै खड्ग नेपाली निर्वा्चित भएका छन् भने उनका प्रतिद्धन्द्धी प्रेम वहादुर नेपालीले १२८ मत प्राप्त गरेका थिए । 
 
अल्पसंख्यक तथा शहीद परीवारतर्फ सुदर्शन भट्टराई १६८ मत प्राप्त गरी विजयी भएका छन् उनका प्रतिद्धन्द्धी रोशन नायकले १०९ मत प्राप्त गरेका थिए।
 
विजयी भए पश्चात कुवरले पार्टीमा हुदै आएको गुटगत राजनितिलाई अन्त्य गदै सिङ्गो पार्टीलाई वलियो वनाउन सम्पुर्ण तरुणहरुलाई एक ढिक्का वनाएर अगाडी वढ्ने वताएका छन्। गाउँदेखी जिल्ला सम्म कुशल र जुझारु तरुण नेतृत्व निर्वा्चित भएको बताउँदै कुँवरले अव हुने तीनैवटा निर्वाचनमा पार्टीलाई विजयी गराउन गाउँगाउँमा संगठन विस्तार लगायत विभिन्न संगठनात्मक कार्यमा लाग्ने वताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ