arrow

खुट्टामा गोली ठोकेर प्रक्राउ गरेका गुण्डा नाइके जसवन्त राई धरौटीमा छुटे

logo
प्रकाशित २०७३ भदौ २० सोमबार
gunda-nai-k-jaswant.jpeg
काठमाडौं । प्रहरीले पक्रिन खोज्दौ उल्टै रड प्रहार गरेर भाग्न खोज्दा गोली हानेर पक्राउ गरेका गुण्डानाइके जसवन्त राई उर्फ पुर्ण राई अदालतमा १ लाख धरौटी बुझाएर रिहा भएका छन् । 
 
जिल्ला अदालत काठमाडौंले गुण्डा नाइके राईलाई १ लाख धरौटी लिएर छाडेको हो । उनीमाथि प्रहरीले व्यवसायीलाई धम्क्याएर रकम असुलेको र हैरानी गरेको भन्दै मुद्दा दर्ता गरेको थियो । यस्तै, राईविरुद्ध ३ वटा ज्यानमार्ने उद्योग र ४–५ वटा सार्वजनिक अपराधको मुद्दा छन् ।
 
व्यवसाहीलाई हैरानी कटाएका उनी गएको असार ९ गते काठमाडौंको बिजुलीबजारबाट पक्राउ परेका थिए । प्रहरीले उनलाई पक्रन खोज्दा उल्टै प्रहरीलाई रड प्रहार गरेर भागेका थिए । भाग्ने क्रममा प्रहरीले उनको खुट्टामा गोली हानेर पक्राउ गरेको थियो । 
 
उनले आफु बस्ने बाफल, कालिमाटी, सीतापाइला र कलंकी क्षेत्रका होटल व्यवसायीलाई धम्क्याएर हप्ता असुल गरेर हैरान पारेको गुनासो आएपछि प्रहरीले पक्राउ गरेको हो ।
 
खोटाङ घर भएका राईले केटीहरु ल्याएर होलटमा रात विताउने, टन्न खाने र भोली पल्ट पैँसा माग्दा उल्टै ज्यान मार्ने धम्म दिने गरेको गुनासो पनि प्रहरीमा बारम्बार आइरहेको थियो । 
 
याे पनि पढाैँ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ