चितवन । तरुण दल चितवनको अध्यक्षमा राजन ताम्राकार विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको अधिवेशनमा आफ्ना तीन प्रतिस्पर्धीलाई पछि पार्दै ताम्राकार एक सय ३३ मतका साथ विजयी भएका हुन् । कुल तीन सय ७० मत खसेकामा अध्यक्षका अन्य उमेदवारहरु विनु रायमाझी पौडेलले एक सय २५, दिपक अधिकारी ५७ र आनन्द राउतले ४० मत पाए ।
यस्तै, उपाध्यक्षमा निरन्जन सुवेदी, सचिवमा प्रलाद उप्रेती र कोषाध्यक्षमा भीष्म अधिकारी विजयी भएका छन् । यसअघि, चितवनमा आन्तरिक विवादका कारण जिल्ला अधिवेशन हुन सकेको थिएन ।