काठमाडौं । निलम्बित नेपाल क्रिकेट संघ क्यानको निर्वाचित कमिटिले क्रिकेट विवाद समाधानका लागि सल्लाहकार समिति बनाउने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको निर्णय पुनःविचार हुने बताएको छ ।
निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्दले हाम्राकुरासंग भने,‘यो निर्णय पुनः विचार हुनु पर्छ । हुन्छ पनि ।’ आइतबार सल्लाकार समिति बनाउने निर्णय सार्वजनिक गर्नु अघि आइसीसी प्रमुख कार्यकारी डेभिड रिचर्डशनले क्यान निलम्बन गरिएकोबारे पटक–पटक हतारो भएको भन्दै पछुतो मानेको चन्दले बताए । काठमाडौं । निलम्बित नेपाल क्रिकेट संघ क्यानको निर्वाचित कमिटिले क्रिकेट विवाद समाधानका लागि सल्लाहकार समिति बनाउने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको निर्णय पुनःविचार हुने बताएको छ। निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्दले हाम्राकुरासंग भने,‘यो निर्णय पुनः विचार हुनुपर्छ । हुन्छ पनि ।’ आइतबार सल्लाकार समिति बनाउने निर्णय सार्वजनिक गर्नु अघि आइसीसी प्रमुख कार्यकारी डेभिड रिचर्डशनले क्यान निलम्बन गरिएकोबारे पटक–पटक हतारो भएको भन्दै पछुतो मानेको चन्दले बताए ।
उनले भने, ‘पत्रकार सम्मेलन हुनु अघि हामीसंग रिचर्डशन २ घण्टा गफिनु भएको थियो । रिचर्डशनले एक पटक होइन बारम्बार संगै रहेका इमरान ख्वाजा र अमर शेखको मुखमा हेरेर कतै निर्णय गर्न हतार भयो की भनेर सोधेका थिए ।’ छलफलमा भएका कुराहरु सुनाउनकै लागि सोल्टीमा भएको पत्रकार सम्मेलनमा समेत रिचर्डशन निकै संयमित भएर बोले ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले पत्रकार सम्मेलन अघि सल्लाहकार समिति आइतबारै घोषणा हुन्छ भनेका थिए। तर, रिचर्डशनले त्यसअघि भएको बैठकमा पटक–पटक भनेको ‘यहाँको धरातल फरक रहेछ’भन्ने विषयलाई नै मध्यनजर गरेर सल्लाहकार समिति दुई हप्ता भित्रमा बन्ने छ भनेर सुरक्षित बाटो अपनाए। ता कि आफ्नो टाउकोमा गाल नआओस् र आफुले नेपाल सरकारसंग जनाएको सहमतिमा पुनःविचार गर्न पाइयोस् ।
चन्दका अनुसार रिचर्डशन नेपालको राजनीतिक अस्थिरता र खेल संरचनाको यथार्थबारे केही भेउ पाएपछि वास्तविकता अर्कै रहेछ भनेर पछुताउन थाले । यद्यपि, सरकारी पक्षले भने सल्लाहकार समितिले क्रिकेट बोर्ड गठनका लागि भूमिका खेल्ने भएकाले यो कदम नेपाली क्रिकेटका लागि उपयुक्त मार्ग भएको बताइएको छ ।
यद्यपि, आइसीसीले भने आफ्नो कुनै विधि विधान वा नियममा टिकेर नभई नेपाली क्रिकेटको विवाद समाधान हुन्छ कि भन्दै प्रयोगात्मक अभ्यास गर्न खोजेको चन्द पक्षको भनाई छ । चन्दले भने, ‘सल्लाहकार समितिले कुनै पार लाग्दैन । त्यसमा हामी विश्वस्त छौं ।’ सरकारी हस्तक्षेप मुक्त भन्ने अन्ततः सल्लाहकार समितिमा प्रधानमन्त्रीको एक, खेलकुद मन्त्रीको एक र राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको एक जना प्रतिनिधि राख्ने ? त्यसरी बन्ने सल्लाहकार परिषद् कसरी स्वतन्त्र हुन्छ । ती सरकारी पक्ष होइनन् ।
चन्दले थपे, ‘स्टेकहोल्डरका नाउमा व्यक्ति खडा गर्ने। अनि समस्या समाधान हुन्छ भन्ने। यो कसलाई बेवकुफ बनाउन खोजिएको हो ? थाहा छैन । हिजो आइसीसीले सरकारी हस्तक्षेपकै कारण क्यान निलम्बन गरेको भन्ने। आज आफ्नै निर्णय काट्ने कार्य गर्ला र? रिचर्डशन त्यसै कायल भइसकेका छन् ।’ तपाई हेरिरहनुस् । यो निर्णयमा पुनःविचार हुन्छ। दुई हप्ताको समय कुनै विधानको वाध्यकारी टाइमलाई होइन । यस्तै, चन्दले आफुहरुले सर्वोच्चमा हालेको मुद्दाको सुनुवाई २६ गते हुने जानकारी दिएका छन् ।
उनले भने, ‘पत्रकार सम्मेलन हुनु अघि हामीसंग रिचर्डशन २ घण्टा गफिनु भएको थियो । रिचर्डशनले एक पटक होइन बारम्बार संगै रहेका इमरान ख्वाजा र अमर शेखको मुखमा हेरेर कतै निर्णय गर्न हतार भयो की भनेर सोधेका थिए ।’ छलफलमा भएका कुराहरु सुनाउन होल सोल्टीमा भएको पत्रकार सम्मेलनमा समेत रिचर्डशन निकै संयमित भएर बोले ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले पत्ररकार सम्मेलन अघि सल्लाकार समिति आइतबारै घोषणा हुन्छ भनेका थिए । तर, रिचर्डशनले त्यसअघि भएको बैठकमा पटक–पटक भनेको ‘यहाँको धरातल फरक रहेछ’भन्ने विषयलाई नै मध्यनजर गरेर सल्लाहकार समिति दुई हप्ता भित्रमा बन्ने छ भनेर सुरक्षित बाटो अपनाए । ता कि आफ्नो टाउको गाल नआओस् र आफुले नेपाल सरकारसंग जनाएको सहमतिमा पुनःविचार गर्न पाइयोस् ।
चन्दका अनुसार रिचर्डशन नेपालको राजनीतिक अस्थिरता र खेल संरचनाको यथार्थबारे केही भेउ पाएपछि वास्तविकता अर्कै रहेछ भनेर पछुताउन थाले । यद्यपि, सरकारी पक्षले भने सल्लाहकार समितिले क्रिकेट बोर्ड गठनका लागि भूमिका खेल्ने भएकाले यो कदम नेपाली क्रिकेटका लागि उपयुक्त मार्ग भएको बताएको छ ।
यद्यपि, आइसीसीले भने आफ्नो कुनै विधि विधान वा नियममा टिकेर नभई नेपाली क्रिकेटको विवाद समाधान हुन्छ कि भन्दै प्रयोगात्मक अभ्यास गर्न खोजेको चन्द पक्षको भनाई छ । चन्दले भने, ‘सल्लाहकार समितिले कुनै पार लाग्दैन । त्यसमा हामी विश्वस्त छौं ।’ सरकारी हस्तक्षेप मुक्त भन्ने अन्ततः सल्लाहकार समितिमा प्रधानमन्त्रीको एक, खेलकुद मन्त्रीको एक र राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको एक जना प्रतिनिधि राख्ने ? त्यसरी बन्ने सल्लाहकार परिषद् कसरी स्वतन्त्र हुन्छ । ती सरकारी पक्ष होइनन् ।
चन्दले थपे, ‘स्टके होल्डरका नाउमा व्यक्ति खडा गर्ने । अनि समस्या समाधान हुन्छ भन्ने । यो कसलाई बेवकुफ बनाउन खोजीएको हो ? थाहा छैन । हिजो आइसीसीले सरकारी हस्तक्षेपकै कारण क्यान निलम्बन गरेको भन्ने । आज आफ्नै निर्णय काट्ने कार्य गर्ला र ? रिचर्डशन त्यसै कायल भइसकेका छन् ।’ तपाई हेरिरहनुस् । यो निर्णयमा पुनःविचार हुन्छ । दुई हप्ताको समय कुनै विधानको वाध्यकारी टाइमलाई होइन । यस्तै, चन्दले आफुहरुले सर्वोच्चमा हालेको मुद्दाको सुनुवाई २६ गते हुने जानकारी दिएका छन् ।