arrow

प्रचण्डमाथि ओलीको गम्भीर आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ७ शुक्रबार
oli-prachanda1.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महान् जनयुद्धका नाममा जनताको छोराछोरीलाई अलपत्र पारेर  आफ्नै परिवार सुमसुम्याउँदैमा ठिक्क भएको आरोप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि  लगाएका छन् । बिहीबार पार्टी कार्यालयमा ओलीले प्रचण्डमाथि यस्तो आरोप लगाएका हुन् ।
 
ओलीले महान् जनयुद्धको नाममा दुँनियालाई अनेक सपना देखाएर प्रचण्डले अनेक गतिविधि गरेको आरोप लगाएका छन् । प्रचण्डप्रति रुष्ट ओलीले भने,' मिस्टर प्रचण्डलाई म भन्न चाहन्छु, महान् जनयुद्ध भनेर दुनियाँलाई अनेक प्रकारका रङ्गिन सपना देखाएर युवाहरूलाई भावनामा बगाएर अनेक चाहिने–नचाहिने गतिविधिमा होमेर अनेक कुरा गर्नुभयो । आज ती शहिद परिवारको अवस्था के छ तपाईँलाई त आफ्नै परिवार सुमसुम्याउँदै ठिक छ त किन जनयुद्धको खोक्रो कुरा गरेको हिजो आज त आफ्नै परिवार सुमसुम्याएर बस्नु भएको छ त ? ’

ओलीले बालिकालाई जम्मा गरेर भत्ता कुम्ल्याएपछि अयोग्य लडाकु भनेर प्रचण्डले हटाइएको आरोप लगाउँदै विद्यार्थीको पढाई बिगारेर भत्ता खाँदै खल्ती भएको आरोप समेत लगाए । उनले भने,' घाइते र तिनका शरीरका गोली कहाँ छन् ? तपाईँले जम्मा गरेर भत्ता कुम्ल्याएको केटाकेटीहरू जसलाई अयोग्य लडाकु भनी हटाइयो ती के गदै छन् ? तपाईँले स्कुल कलेजबाट टिपेर लगेका पढाई बिगारेर आज ती बालबालिका वयस्क भएका छन् । तिनका नाममा भत्ता लिएर खल्ती भरेको होइन ? सबै तमासा गर्ने सबै नाटक गर्ने तपाई नै हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ