arrow

प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई कुनै रोकतोक नभएको स्पष्टोक्ति

logo
प्रकाशित २०७३ भदौ २१ मंगलबार
govinda-acharya.jpeg
काठमाडौँ । प्रधानमन्त्री कार्यालयमा पत्रकार प्रवेशका लागि कुनै रोकतोक नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले स्पष्ट पारेका छन् । एक दैनिक पत्रिकामा प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई रोक लगाइएको विषयमा समाचार आएपछि सल्लाहकार आचार्यले कुनै रोकतोक नभएको सामाजिक संजाल फेसबुकमार्फत जानकारी गराएका हुन् । 
 
 
पत्रकारको नाम र प्रवेश गर्न खोजिएको समयबिना  ‘प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई रोक’ शीर्षकमा समाचार आएपछि आचार्यले पत्रकारलाई प्रधानमन्त्री कार्यालयमा कुनै कीसिमको रोक नभएको स्पष्ट पारेका हुन् ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीमा नियुक्त हुनासाथ प्रधानमन्त्रीका सबै गतिविधि र कार्यक्रमहरुमा संचारकर्मीको सहज पहुँच र सूचना प्राप्तिमा सहजताका लागि निर्देश गरे बमोजिम पत्रकारका लागि सोही कीसिमको व्यवस्था मिलाइएको जानकारी दिँदै आचार्यले भ्रममा नपर्न सबैमा आग्रह गरेका छन् ।
 
 साथै उनले कुनै पत्रकारलाई प्रधानमन्त्री कार्यालय प्रवेशमा अप्ठेरो परेको भए तत्काल जानकारी गराउनसमेत आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ