arrow

भारतका 'लिडम्यान' प्राध्यापक टि. वेकंटेश नेपाल आउँदै

logo
प्रकाशित २०७३ भदौ २१ मंगलबार
T_Venkatesh.jpeg
काठमाडौं। भारतमा 'लिडम्यान' नामले परिचित वैज्ञानिक एवं प्रोफेसर टि वेन्कटेस नेपाल आउँदै छन्।भारतीय चाउचाउ म्यागीमा लीड रहेको तथ्य बाहिर आएपछि भारत लगायत म्यागी प्रयोग हुने देशहरुमा सनसनी मच्चिएको थियो।उक्त कुरा बाहिर ल्याउन उनको योगदान रहेको छ। 
 
नेपालस्थित बायो-र्‍याड ल्याब्रोटरिजको आव्हानमा स्वास्थ्य प्रयोगशालाको स्तरियता र ब्यवस्थापन सम्बन्धि कार्यक्रममा वेंकटेश नेपाल आउन लागेका हुन्। 
 
प्रोफेसर वेन्काटेस 'क्वालिटि काउन्सिल अफ इन्डिया' का प्रध्यापक सल्लाकार हुन् भने विभिन्न ५० मुलुकहरूमा लिड पोइजनिङ विरूद्ध काम गर्ने संघ-संस्थाहरूसँग आवद्द छन्। उनले 'इन्डियन सोसाइटी फर लिड अवेरनेस एण्ड रिसर्च' को पनि नेतृत्व गर्छन् जसको मुख्य कार्यालय लखनाउमा रहेको छ। 
 
उनको संस्थाले नेपालमा पनि बिषाक्त पदार्थ बिरुद्ध काम गर्ने जनाईएको छ। उनको संस्थाले नेपालमा स्वास्थ्य प्रयोगशालाहरुलाई स्तरिय बनाई बिषाक्त पदार्थहरुको चेक-जाँच गर्ने जनाईएको छ। 
 
भारतका 'लिड म्यान' नामले समेत परिचित वैज्ञानिक एवम् प्रोफेसर टि वेन्कटेसले म्यागी विवादस्पद विषयप्रति एकदमै खुशी हुँदै उत्पादक कम्पनी नेस्लेलाई धन्यवाद ज्ञापन गरेका छन्। 'यदी म्यागीको कुरा बाहिर नआएको भए, भारतका सामान्य मानिसलाई लिड मानव शरीरका लागि विषालु हुन्छ भन्ने कुरा थाहाँ हुदैन थियो' वेन्कटेसले टाइम्स् अफ इन्डियासँगको विशेष अन्तर्वातामा भनेका थिए। 
 
लिड यानीकी खानेकुरा लगायत अरु सामग्रीहरुमा सिसाको प्रयोग धैरै हुने हुनाले उक्त सिसाले मानव स्वास्थ्यमा पार्ने प्रतिकुल असरबारे वेकंटेस भारतमा सर्वसाधारणहरुलाई चेतना जगाउन सक्रिय रहेका छन्। सर्वासाधारणले विश्वसनीय प्याथोलोजिमा गएर ब्लड लिड लेबल नामक साधारण रगत जाँच गरेर १० देखि १५ मिनेटभित्र रिपोर्ट लिन सक्दछन्। 
 
'आज एउटा सानो बच्चालाई पनि लिड विषालु हो भन्ने कुरा थाहाँ छ, सबै धन्यवाद म्यागी घटनालाई,' उनले भने। नेस्लेलाई धन्यवाद दिनुपर्ने कारण खुलाउँदै उनले भने। 'चेतनाको तह निकै माथि उठ्ने थिएन यदि वस्तुलाई कुनै स्थानिय ब्राण्डबिहिन सामाग्रीसँग तुलना गरिएको भए।' 
 
विभिन्न अध्ययनबाट अड्कल गर्दा भारतमा १२ वर्ष मुनीका बच्चाहरूमा ५० प्रतिशत भन्दा बढी बच्चाहरू लिड विषाक्तताबाट ग्रसित भएका छन्। ब्याङ्गलोरू, कलकलता, चेन्नाई, भिलोरी, हाइदरावाद, दिल्ली र मुम्बाईबाट १५ हजार बच्चाहरूमा गरिएको एक बहुकेन्द्रित अध्ययनले एक मिलीलिटरमा ५ माइक्रोग्रामको जुन योग्य मात्रा छ, ५० प्रतिशतभन्दा बढी बच्चाहरूको रगतमा एक मिलीलिटरमा १० देखि २० माइक्रोग्राम लिडको मात्रा भेटिएको छ। अन्य १४ प्रतिशतको रगतमा एक मिलीलिटरमा २० माइक्रोग्राम लिडको मात्रा पाइएको छ। 
 
रगतमा लिड हुनु भनेको सबै अंगलाई जोखिममा राख्नु हो। “शरीरको विभिन्न अंगमा भएको लिडले बच्चाको वौद्धिक क्षमतालाई कमजोर पार्ने, एनेमिया, साथै अंग खराब गर्ने काम गर्दछ,” प्रोफेसर वेन्काटेसले टाईम्स अफ ईण्डियालाई भने। जो कोहीले विश्वसनीय प्याथोलोजिमा गएर ब्लड लिड लेबल नामक साधारण रगत जाँच गरेर १० देखि १५ मिनेटभित्र रिपोर्ट लिन सक्दछन्।  
 
विज्ञहरूले मानव स्वास्थ्यलाई जिखिममा पार्नलाई म्यागी एउटा सानो लिडको श्रोत मात्र थियो। घरयासी पेन्टस्, ब्याट्री रिसाक्लिङ युनिट, आयुर्वेद औषधि, कस्मेटिक चिज जस्तै गाजल, सिन्दुर, खेलौना, बेसार धुलो लगायत वस्तुहरू लिडका श्रोतहरू हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ