- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सत्ता गठबन्धनले आजदेखि प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल थाल्दै छ ।
प्रतिनिधि सभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै आजबाट गठबन्धका नेताहरु प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल गर्ने भएका छन् ।
गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।