पाँचथर । भाषा तथा संस्कृतिविद् दिवंगत तेजमान आङ्देम्बेको नाममा ‘तेजमान आङदेम्बे अध्ययन प्रतिष्ठान’ स्थापना गरिने भएको छ ।
प्रतिष्ठान स्थापनार्थ हालै तदर्थ समिति गठन भएको छ । टिका आङ्देम्बे संरक्षक रहेको समितिको अध्यक्ष भक्त बहादुर सिगु रहेका छन् । त्यस्तै उपाध्यक्ष तिलक आङदेम्बे, सचित घनश्याम आङदेम्बे, सहसचिव नरेन्द्र शेर्मा र कोषाध्यक्ष चण्डिका लाओती रहेका रहेका छन् ।
भाषिक तथा साँस्कृतिक अध्ययनको क्षेत्रमा योगदान पुगोस भन्ने उदेस्यले प्रतिष्ठान स्थापना गर्न लागिएको तदर्थ समिति अध्यक्ष सिगुले बताए ।
प्रतिष्ठानले पुस्तकालयको स्थापना गर्ने, आङदेम्बेका प्रकाशित कृतिहरु संग्रह गरी गर्ने र विभिन्न पत्र–पत्रिकाहरुमा प्रकाशित तथा अप्रकाशित लेखहरुको पाण्डुलिपि सुरक्षित राखी प्रकाशन गर्ने बताइएको छ ।
भाषा तथा साँस्कृतिक खोज–अनुसन्धान र लेखनको क्षेत्रमा अब्बल दर्जाका लेखकको चिनारी बनाएका तेजमानको केही समय अघि आफ्नै निवास पाँचथरको लुम्फाबुङमा निधन भएको थियो ।