निर्वाचन आयोगमा प्रधानमन्त्री देउवासहित नेताहरु [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ९ आइतबार
1.7k
Shares
काठमाडौं । प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न तथा त्यससम्बन्धी अन्तरक्रियामा सहभागी हुन निर्वाचन आयोग पुगेका छन् ।
आयोगका अनुसार प्रधानमन्त्री देउवालगायत १२ राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिले निर्वाचन आचार संहिता २०७९ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दलका प्रमुख तथा प्रतिनिधिहरुले लिखित प्रतिबद्धता व्यक्त गरेका छन् ।
निर्वाचन आयोगमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ, नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल र लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झालगायत उपस्थिति भएका छन् ।