arrow

घुँडा भन्दा मुनिको भाग बोरामा प्याक, घाँटी देखि तल र घुडादेखि माथिको भाग डस्नामा पोको

घरबेटी नभएको घरमा शव भेटियो

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ भदौ २१ मंगलबार
hatya-news-morang.jpeg
विराटनगर । विराटनगरमा एक युवकको विभत्स हत्या भएको छ । विराटनगर–१३ शान्तिचोकस्थित ओमकार श्रेष्ठको घरमा अन्दाजी २८ वर्षीय विनोद यादवको   विभत्स हत्यागरी छोडेको अवस्थामा शव फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
 
प्रहरीका अनुसार यादवको घरबेटी नभएको अवस्थामा युवकको शव भेटिएको हो ।   मृत युवको शरीर टुक्रा–टुक्रा पारेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकको टाउको र घुँडा भन्दा मुनिको भाग विभत्स अवस्थामा बोरामा प्याक गरिएको अवस्थामा फेला परेको बताइएको छ । 
उनको घाँटी देखि तल र घुडादेखि माथिको भाग डस्नामा पोको पारेर राखिएको अवस्थामा फेला परेको हो । यादव श्रेष्ठको घरको तल्लो तला भाडामा लिएर बसिरहेका थिए । यस्तै, यादवले तिनटोलियामा अक्सफोर्ड होस्टेल सञ्चालन गर्दै आएको बताइएको छ । 
 
सिरहा घर बताउने ४ युवाले ६ दिन अघि मात्र त्यो घर भाडामा लिएर बसेका थिए । सिरहाका यादव थरका ४ जना विद्यार्थीहरु उक्त घरको भुँइतल्लाको फल्याटमा भाडामा बस्न आएको  बुझिएको छ । घरधनी श्रेष्ठ केहि दिन यता घरायसी कामले धनकुटा गएको अवस्थामा भाडा लगाइएको कोठामा हत्या भएको उनकी बहिनी भावना श्रेष्ठले जानकारी दिइन् । 
 
स्थानीयका अनुसार घटना स्थलमा तास र  वियरको बोतल पनि फेला परेको छ । घटना रहस्यमय र योजनवद्ध रहेको प्रहरीको अड्कल छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान जारी राखेको बताउँदै घटनास्थलमा सञ्चारकर्मीलाई समेत प्रवेशमा रोक लगाएको थियो ।
 
घटना  स्थलसँगै जोडिएको कोठाबाट एक जना १३ वर्षीय बालकलाई प्रहरीले फेला पारेको छ । अनुसन्धान जारी रहेपनि मृतकको सनाखत नभएको जिल्ला प्रहरी कार्याले जनाएको छ । घटनाको सूचना पाएसंगै मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारी, डिएसपी योगेन्द्रसिंह थापा र वडा प्रहरी कार्यालय (क)का डिएसपी सञ्जयसिंह थापाको टोलीले अनुसन्धान जारी राखेको छ ।
 
‘टाउको, खुट्टा र जीउ अलग पारेर हत्या गरी बोरामा पोको पारी गाडी बोलाएर फाल्न खोज्दा ड्राइभरले शंका गरी प्रहरी बोलाएको स्थानीयले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ