arrow

'ब्रासलेट' हेर्न गएका दर्शक नम्रतालाई देखेर लठ्ठिए, अभिनयको तारिफ

logo
प्रकाशित २०७३ भदौ २१ मंगलबार
namrata-sapkota.jpeg
काठमाडौं। निर्देशक निर्मल शर्मा 'गैंडा'ले निर्देशन गरेको दोश्रो चलचित्र 'ब्रासलेट' सफलताका साथ देशभरका हलमा लागेको छ। पारिवारिक र सस्पेन्स कथामा आधारित चलचित्रले देशभर मध्यम खालको व्यापार गरिरहेको छ। 
 
केशव भट्टराइको निर्माणमा तयार भएको चलचित्रमा नायक रमेश उप्रेती, नायिका रजनी केसी मुख्य भूमिकामा छन्। नायिका नम्रता सापकोटा र नव-कलाकार सुगम गुरागाँइको मुख्य भूमिका रहेको ब्रासलेटलाई निर्देशक शर्माले सस्पेन्स शैलीमा बनाएका छन्। 
 
एउटा ब्रासलेटको वरिपरि कथा घुमेको छ। यहि ब्रासलेटका कारण नायिका केसीमा आउने परिवर्तन नै चलचित्रको मुख्य कथा हो। नायक रमेश उप्रेती करिब १२ बर्षपछि चलचित्र क्षेत्रमा फर्किएकाले पनि ब्रासलेटको चर्चा चलचित्रप्रेमीहरुमा रहेको छ। पहिलो पाटोमा रजनी र रमेश पूर्ण रुपमा चलचित्रमा हाबी छन्। धेरैपछि रमेशलाई चलचित्रमा हेर्न पाउँदा खुसी लागको काठमाडौंकी भावना भट्टले बताइन।
 
दोश्रो भागमा आएकी नायिका नम्रता सापकोटाको अभिनय र भूमिकाले हलबाट बाहिर निस्कदा उनकै याद दर्शकलाई आइरहन्छ। एक किसिमले नम्रतालाई दर्शक सम्झिन वाध्य हुन्छन। चलचित्र हेरेर फर्किएका पोखराका माधव शर्माले चलचित्रमा नम्रताको भुमिका र प्रस्तुती तारिफ लायक भएको बताए। 
 
निर्देशक शर्मा दोश्रो चलचित्रसम्म आइपुग्दा धेरै खारिएका छन्। सस्पेन्स शैलीको चलचित्र हेर्न रुचाउने दर्शकका लागि ब्रासलेट नयाँ स्वादका साथ आएको छ। सस्पेन्सको स्वादका पारखीहरुलाई ब्रासलेट मन पर्ने समिक्षकहरु बताउँछन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ