arrow

रेविज रोग नियन्त्रणको लागि सचेतना आवश्यक 

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०७९ असोज १२ बुधबार
world-rabies-day-2079.jpg

कपिलवस्तु । रेविज रोग नियन्त्रणको लागि समुदाय स्तरसम्म सचेतना जनाउनु पर्ने सरोकारवालाहरुले जनाएका छन् । १६ औं अन्तर्राष्ट्रिय विश्व रेविज दिवसको अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तु द्धारा आयोजित कार्य्रममा सरोकारवालाहरुले यस्तो बताएका छन् । प्रवल रुपमा मानिसमा लाग्ने यो रोगबाट बच्न ग्रामिण  स्तरमा कुकुर नियन्त्रण र खोप कार्यक्रम जरुरी रहेको केन्द्रका प्रमुख विष्णुप्रसाद खनालले बताए । 

कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाउनको लागि आवश्यक पर्ने बजेट र खोप लगाउनका लागि समन्यव गर्नेसमेत खनालले बताए । विकसित देशमा रेविज रोग नियन्त्रण भए पनि नेपालमा भने यसको नियन्त्रण हुन नसकेको डा. गणेश पुनले बताए । 

रेविज रोग नियन्त्रण गर्नको लागि विभिन्न प्रचार प्रसार, विद्यालय शिक्षा लगाएतका क्रियाकलाप गर्ने र खोप कार्यक्रमलाई वृहद रुपमा लैजान पर्ने पुनले बताए । त्यस्तै मायदेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवले स्थानीय सरकार र प्रदेश सरकार मिलेर रेविज रोग नियन्त्रणको लागि अभियान थाल्नु पर्ने बताए । 

वाणगंगा नगरपालिकाका पशु चिकित्सक राजकुमार तिवारीले प्रदेश सरकारले बजेट व्यवस्थापन गरी स्थानीय तहसँग ममन्वय गरी प्रचार प्रसार र सघन रुपमा रेविज विरुद्धको खोप अभियान संचालन गर्नुपर्ने बताए । दिवसको अवसरमा केन्द्रले कुकुर र बिरालोहरुमा निःशुल्क रेविज विरुद्धको खोप संचालनमा ल्याएको छ ।



नयाँ