arrow

पाँचथरमा पहिरो, जताततै क्षति

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ भदौ २१ मंगलबार
Panchthar-hamrakura.jpg.jpeg
 पाँचथर । लगातारको वर्षाका कारण पाँचथर जिल्लाका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोले सडक र स्थानीयका घरमा क्षति पु¥याएको छ । 
 
पहिरोले सदरमुकाम फिदिमस्थित साव्राङ टोलका नारायणप्रसाद कोइरालाको एउटा घर भत्काएको छ भने प्रेम अमात्य र मोहन योङहाङको घरमा पनि क्षति पुगेको छ । 
 
दिँउसो एकछिन घाम लागे पनि साँझ ४ बजे पानी पर्न थालेपछि अचानक झरेको पहिरोले घर भत्काएको पीडित नारायण कोइरालाले बताए । 
 
पहिरोले घर भत्कदा कोइराले भण्डारण गरेर राखेको ५० मन अधिक अदुवा पुरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पहिरोका कारण याङनाममा पनि एउटा घरमा क्षति पुगेको छ । 
 
यस्तै, अविरल वर्षापछि गएको पहिरोले फिदिम, रानिटार, फिदिम र सिदिन सँगै जोरपोखरी एकतिन सडक खण्डमा क्षति पु¥याएकाले त्यस क्षेत्रमा चल्ने यातायात ठप्प भएका छन् । यस्तै, पहिरोले राँके रवि र यासोक रवि खण्डमा पनि ठाँउ–ठाँउमा क्षति पुगेको बताइएको छ ।
 
पहिरो प्रभावित क्षेत्रमा अवरुद्व सडक सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरले ठाँउ–ठाँउमा टोली परिचालन गर्नुका साथै क्षतिको विवरण संकलन गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ