arrow

छिमेकी भारतसंगको सम्बन्ध थप मजबुद बनाउनुपर्छ : परराष्ट्रमन्त्री महत

logo
प्रकाशित २०७३ भदौ २१ मंगलबार
prakash-sharan-mahat.jpg.jpeg
ललितपुर । परराष्ट्र मन्त्री प्रकाशशरण महतले राष्ट्रिय स्वार्थ र आवश्यकतालाई केन्द्रविन्दुमा राखेर पराष्ट्र नीति बनाउनु पर्ने बताएका छन् । मन्त्री महतले भारतसँग पहिलेदेखि नै अन्तरसम्बन्ध रहँदै आएकाले यसलाई थप मजवुत बनाउनुपर्ने समेत बताए ।  
 
नेपाल विश्व सम्बन्ध परिषदले ललितपुरमा गरेको नेपालका परराष्ट्र नीतिका कडी विषयक अन्तक्रियामा मन्त्री महतले समृद्ध नेपाल बनाउने लक्ष्यअनुरुप अघि बढ्नुको विकल्प नभएको बताए । मन्त्री महतले भने, ‘विदेश नीति बनाउन जति महत्वपूर्ण छ, त्यति नै क्रियाशील हुनु जरुरी छ ।’
 
छिमेकी देशसँगको सम्बन्ध छरछिमेकको जस्तो बनाउनु आवशयक रहेको मन्त्री महतको भनाइ छ ।  विश्वासको सम्बन्ध कायम रहने गरी विदेश नीतिको आवश्यकता रहेको औंल्याउँदै मन्त्री महतले भने, ‘कुटनीतिकमार्फत विदेश नीतिलाई मजवुत र सम्बन्धलाई अझ विकसित गर्न सकिन्छ ।’ 
 
यसैगरी मन्त्री महतले चीनसँगको सम्बन्ध ऐतिहासिक रुपमै राम्रो हुँदै आएकाले उक्त सम्बन्धलाई विकसित गरिंदै लैजानुपर्ने दृढता राखे । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणले नेपाल भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउन सफल हुने मन्त्री महतको धारणा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ