arrow

सुवेदी राष्ट्रपतिबाट बेलायतको राजदूत नियुक्त

logo
प्रकाशित २०७३ भदौ २१ मंगलबार
Bidhya.jpg.jpeg
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुर्गाबहादुर सुवेदीलाई संयुक्त अधिराज्य (बेलायत)का लागि नेपाली राजदूत पदमा नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव डा सुवेदीलाई मंगलबार सो पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले जानकारी दिए । 
 
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त भएका सुवेदीले ‘आधुनिक नेपालको विदेश नीति र कूटनीति’ विषयमा विद्यावारिधि गरेका छन् । विभिन्न विधाका आधा दर्जन कृति प्रकाशन तथा सम्पादन गरेका उनले एक दर्जन विद्याका पुरस्कारबाट पुरस्कृत भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ