arrow

अष्ट्रेलिया निम्तोको उमङ्गमा सन्दीप : ‘माइकल क्लार्क मोहित हुनुको कारण मेरो बलिङ् जादु’

म फ्र्याङ्क छु, मेरो खुलापनले पनि उहाँलाई छोएको हुनुपर्छ

logo
प्रकाशित २०७३ भदौ २१ मंगलबार
sandip-lamichhane-Aust-fnl.jpeg
काठमाडौं । क्लार्क भन्ने वित्तिकै बुझ्नु हुन्छ नि । म धेरै के भनौ ? यत्ति भनेर उदयमान नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने फिस्स हाँसे । 
 
उनले अगाडी भने, ‘मेरो खुसीको सीमा नै छैन । म गर्व गरिरहेको छु ।’ उनले परिपक्व भाषामा मेरो हातमा पत्र पर्यो–आज नेपाली क्रिकेटको मूल्याङ्कन भएको छ । यो अवसरका लागि म उहाँलाई के भनौ शब्द नै छैन – भने । 
 
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा क्रिकेट खेल्ने अवसर पाएका छन् । अष्ट्रेलियन पूर्वकप्तान माइकल क्लार्कको एकेडेमीबाट खेल्न सन्दीपलाई आधिकारिक पत्र नै आएपछि उनी निकै दंग छन् । सन्दीपले आउँदो असोज २ (सेम्टेम्बर १८) मा अष्ट्रिेलिया जाने पनि सुनाए । 
 
आफुलाई क्लार्कले मन पराउनुको पछाडि आफ्नो बलिङ जादु नै भएको बताएका छन् । उनले भने, ‘म साह्रै फ्र्याङ्क पनि छु । मेरो खुलापनले पनि उहाँलाई छोएको हुनु पर्छ । मैले कयौं पटक उहाँसंग मजाक पनि गरेको छुँ ।’  
 
सन्दीपले सन् २०१६–०१७ को सिजनमा माइकलको प्रिमियर ग्रेड क्रिकेट क्लबअन्तर्गत् वेस्टर्न सुबर्ब्सबाट खेल्ने पक्का भएको पनि बताए । उनले भने, ‘जाँदा जाँदै म पाँच दिनको ट्रेनिङ क्याम्पमा रहने छु । त्यसपछि सिजन ग्रेडमा त्यहाँका विभिन्न क्लबहरुसंग खेल्ने छु । सिजन पाँच महिना सम्म चल्ने छ ।’ सन्दिपले अष्ट्रेलिया गएको तीन महिना पछि एक पटक घर फर्किने समेत सुनाई हाले । उनले थपे, ‘डिसेम्बरमा श्रीलंकामा यु–१९ क्रिकेट हुँदैछ । त्यसका लागि पनि म आउनै पर्छ ।’  
 
क्लबले सन्दीपलाई पठाएको पत्रमा गत मे महिनामा हङकङमा भएको खेलका क्रममा माइकलले सन्दीपको खेल हेरेको र त्यहीँबाटै उनी सन्दीपप्रति मोहित भएको उल्लेख छ । माइकल क्लार्क र सन्दीप असोज ८ गते अष्ट्रेलियाको एलन बोर्डर ओभलमा हुने खेलमार्फत् जोडिनेसमेत जनाइएको छ ।
 
क्लार्क पनि आफु जस्तै मजाकै भएको सुनाउँदै सन्दीपले भने, ‘उहाँले नेपाली क्रिकेट र क्रिकेटरको विकासका लागि निकै चिन्ता र चासो राख्नु भएको छ ।’ क्लबमा अन्य सुविधा के छ ? जवाफमा सन्दीपले भने, ‘अक्कुमोडेसन देखि सारा व्यवस्था छ । म भनेरै भ्याउँदिन । यो सबै मैले घरमा सुनाए सबै दंग छन् । मेरा साथीहरु पनि निकै खुसी छन् ।’ सन्दीप वर्षले नेपाली क्रिकेट टिममा सबै भन्दा कान्छा हुन् । स्याङ्जामा जन्मिएका सन्दीप १६ वर्ष पुगे । तर, उनी कुरा परिपक्व गर्छन् । कुरा गरे अनुसारको प्रर्दशन पनि । 
 
उनले नेपाली क्रिकेटको विकासका लागि आफुहरुले धेरै भन्दा धेरै प्रतियोगिता खेल्न पाउनु पर्ने र घरेलु प्रतियोगि तथा मैत्रीपूर्ण क्रिकेटमा पनि जोड दिनु पर्ने भन्दै भविष्यप्रति चिन्ता प्रकट गरे । 
 
उनले भने, ‘हामीले धेरै भन्दा धेरै गेम खेल्न थाल्यो भने आफै विकास हुन्छ ।’ सन्दीपले नेपाली क्रिकेटको आन्तरिक झगडाले खेलमा ठूलो असर परेको पनि बताए । यद्यपि, उनले क्रिकेट विवाद र व्यवस्थापनबारे आफुहरु केही नबोल्ने –भने । क्रिकेट हो, हार जित हुन्छ । तर, अहिले हाम्रो
 
मनोबल उच्च छ, उनले भने, ‘अब फर्किएर विगतलाई हेर्दैनौं । हामी अब वर्तमानलाई सदुपयोग गरी भविष्य फलाउँछौँ ।’नेपाली प्रशिक्षक जगत टमाटाको प्रशिक्षणको प्रसंशा गर्दै सन्दीपले आफुहरुका कोच आवश्यक रहेको बताए ।   
 
यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले सन्दीप अष्ट्रेलियामा गएर खेल्न पाउनु नेपाली खेलाडीको ठूलो फड्को भएको बताएका छन् । 
 
 
 



नयाँ