arrow

टि-२० क्रिकेट: श्रीलंकाको रेकर्ड तोड्दै अष्ट्रेलिया बिजयी

logo
प्रकाशित २०७३ भदौ २१ मंगलबार
Maxwell_Australia_Srilanka.jpeg
काठमाडौं। टि-२० अन्तराष्ट्रीय क्रिकेटमा श्रीलंकाको नाममा रहेको एक पारीमा सबैभन्दा बढी रनको रेकर्ड तोड्दै अष्ट्रेलियाले श्रीलंका बिरुद्ध टि-२० क्रिकेट श्रृखंलामा बिजयी शुरुवात गरेको छ। अष्ट्रेलियाले श्रीलंकालाई ८५ रनले पराजित गरेको छ। 
 
टस हारेर पहिले ब्याटीङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २६३ रनको रेकर्ड स्कोर बनाएको थियो। अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान ग्लेन म्याक्सवेलले ६५ बलमा ९ छक्का र १४ चौकाको मदतले आउट नभई १४५ रन बनाएका थिए । त्यसैगरि ट्रेविस हेडले ४५ र उसमान ख्वाजाले ३६ रनको योगदान दिएका थिए। 
 
जवाफमा ब्याटीङ गर्न ओर्लेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुामउँदै १७८ रन मात्र जोडन सकेको थियो।श्रीलंकाकाालगि दिनेश चण्डीमलले सार्वाधिक ५८ रन बनाएका थिए भने चमारा कपुगदेराले ४३ रनको योगदान गरेका थिए। अष्ट्रेलियाका मिचेल स्टार्क र स्कट बोलण्डले ३-३ विकेट लिएका थिए। 
 
खेलका प्लेयर अफ म्याच ग्लेन म्याक्सवेल घोषित भएका थिए। यो जितसँगै २ खेलको श्रृखंलामा अष्ट्रेलिया १-०ले अघि बढेको छ। 
 
यसअघि एक ापरीमा सार्वाधिक रनको रेकर्ड श्रीलंकाको नाममा रहेको थियो। केन्या बिरुद्ध सन् २००७को विश्वकपमा श्रीलंकाले २० ओभरमा ६ विकेटको नोक्सानीमा २६० रन बनाएको थियो। 



नयाँ