काठमाडौँ । नेपाल तरुण दल काठमाडौँको जिल्ला अधिवेशनबाट अध्यक्षमा कृष्णजी खड्का विजयी भएका छन् ।
खड्का ४१० मत ल्याई विजयी भएका हुन् । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी रमेश महर्जनलाई ३३९ मत अन्तरले हराउँदै विजयी भएका हुन् ।
यस्तै सचिवमा दिनेशविक्रम शाह विजयी भएका छन् । निर्वाचनमा ५०० भन्दा बढीले मतदान गरेका थिए ।
तरुण दलको महाधिवेशन यही असोज ३ देखि ५ गतेसम्म पोखरामा हुँदैछ । यसअघि भदौ २४ देखि २६ गतेसम्म हुने कार्यक्रम थियो ।
जिल्ला अधिवेशन नसकिने भएकाले सारिएको तरुण दलले जनाएको छ ।