arrow

तरुण दल महाधिवेशनः सुनसरीमा सर्वसम्मत

logo
प्रकाशित २०७३ भदौ २२ बुधबार
tarun-dal.jpeg
इटहरी । नेपाली काँग्रेसको भातृ सङ्ठन नेपाल तरुण दल सुनसरीको सभापतिमा पुनः सिजन गुरुङ निर्वाचित भएका छन् । 
 
यसअघि कार्यवाहक सभापति रहेका गुरुङ दलको धरानमा आज सम्पन्न चौथो जिल्ला अधिवेशनबाट सर्वसम्मतले अध्यक्षमा निर्वाचित भएका हुन् । 
 
निर्वाचित अन्य पदाधिकारी र केन्द्रीय प्रतिनिधिसमेत सर्वसम्मत नै भएको काँग्रेस सुनसरी सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले बताए ।
 
 उनका अनुसार उपसभापतिमा सन्तोष विक, सचिवमा रमेश कटवाल र अम्बुस श्रेष्ठ, कोषाध्यक्षमा अरविन्द मण्डल रहेका छन् । 
 
त्यसैगरी केन्द्रीय प्रतिनिधिमा सुवोध घिमिरे, गोमा अन्सारी, माया राई, उर्मिला कोइराला, प्रेमकुमार राई, रोजन रणपहेली र राजकुमार ठाकुर सर्वसम्मत निर्वाचित भएका छन् । 
 
तरुण दलको महाधिवेशन यही असोज ३ देखि ५ गतेसम्म पोखरामा हुँदैछ । यसअघि भदौ २४ देखि २६ गतेसम्म हुने कार्यक्रम थियो । 
 
जिल्ला अधिवेशन  नसकिने भएकाले सारिएको तरुण दलले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ