arrow

इजाजत प्राप्त हतियार बुझाउन प्रशासनको आग्रह

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७९ असोज १६ आइतबार
nawalparasi-bardaghat-district.jpg

नवलपरासी पश्चिम । जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले इजाजत प्राप्त हतियार स्थानीय प्रहरी कार्यालयलाई बुझाउन अनुरोध गरेको छ । 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले एक सूचना जारी गर्दै अगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा बनाउन जिल्ला भित्र रहेका इजाजतपत्र प्राप्त सम्पूर्ण हातहतियार बुझाउन अनुरोध गरेका हुन् ।

यही कार्तिक ५ गतेभित्र स्थानीय प्रहरी कार्यालयहरुमा अनिवार्य रुपमा बुझाउन हातहतियार खरखजाना ऐन २०१९ को ८ बमोजिम इजाजतपत्र प्राप्त सम्पूर्ण व्यक्तिहरुमा अनुरोध गरिएको हो । 

साथै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको एक हप्तापछि सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गरी आ–आफ्नो हातहतियार बुझिलिनसमेत सूचनामा उल्लेख गरिएको छ । 

इजाजतपत्र प्राप्त गरी राखिएका हतियारबाट निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ