arrow

शक्तिपीठमा सामूहिक जमरा  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १९ बुधबार
jamara.jpg

सुदूरपश्चिम । देशका अन्य ठाउँमा घरघरमा जमरा राखेर घटस्थापना गर्ने चलन रहिआएको भए पनि बैतडीसहित सुदूरपश्चिममा सामूहिकरूपमा मन्दिरहरूमा जमरा राख्ने चलन रहिआएको निङ्गलाशैनी मन्दिरका पुजारी भट्टले बताए । 

मन्दिरमा सामूहिकरूपमा जमरा राख्ने चलन वर्षौं पहिलादेखि सुरु भएको र यसले सामाजिक सद्भावको विकासमा सहयोग पुर्‍याएको विश्वास गरिन्छ ।  

जिल्लाका त्रिपुरासुन्दरी, निङ्गलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिरहरूमा सामूहिकरूपमा जमरा राखिएको छ । यस्तै महारुद्र, उदयदेव, सिगास, दोगडा, केदारलगायतका मन्दिरहरुमा पनि सामूहिकरूपमा जमरा राखिएको छ । 

दशैं सामाजिक सद्भावको पर्व भएकाले यो समयमा सामूहिकरूपमा मन्दिरमा जमरा राख्ने चलन रहिआएको दशरथचन्द नगरपालिका–२ का स्थानीयवासी रमेश बोहराले बताए ।

 देवीदेवताका मन्दिरमा जमरा राखेर सामूहिकरूपमै पूजाआजा गर्ने चलन रहिआएको बोहराले जानकारी दिए । घटस्थापनाका दिन राखिएको जमरालाई धेरैजसो ठाउँमा अष्टमीका दिन काट्ने चलन छ । 

जमरा राखिएका मन्दिरमा रातमा समेत जाग्राम बसेर पूजाआजा गरिन्छ । जमरा देवीको प्रसादका रूपमा विजयादशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ ।

दशैंको अवसरमा नवरात्रि उपासना गरेर पूजाआजा हुन्छ । दशैंका बेला शक्तिपीठहरूमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ ।  दशैंको समयमा सामूहिकरूपमा पूजापाठ गरिने भएकाले घरबाहिर भएका, बसाइँसराइ गरेर गएकाहरू पनि फर्कने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ