arrow

आधिकारिक ट्रेड युनियनका अध्यक्षलाई आसनग्रहण नगराएपछि कर्मचारी आक्रोशित

logo
प्रकाशित २०७३ भदौ २२ बुधबार
nijamati-sewa-diwas1.jpeg
काठमाडौं । नेपाल निजामती कर्मचारीहरूको राष्ट्रिय दिवस निजामती सेवा दिनस विशेष कार्यक्रमको आयोजना गरी काठमाडौंमा सकिएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रमको प्रधानमन्त्री पुुष्पकमलदाहालले उद्घाटन गरेका थिए । 
 
उद्घाटन शत्रमा बोल्दै प्रधानमन्त्री दाहालले परिवर्तित समयको माग अनुसार राष्ट्रिय हितमा कामगर्न निजामती कर्मचारीहरूलाई आग्रह पनि गरे । संघीय संरचना मुलुकको नवीन प्रयोग रहेको भन्दै प्रधानमन्त्री दाहालले यसको सही सदुपयोग गर्न सकेको खण्डमा यसले मुलुकमा स्वर्णिम परिवर्तन ल्याउने दाबी पनि गरे । उनले सम्पूर्ण निजामती कर्मचारीहरूलाई परिवर्तित समयका प्राथमिकता, माग र आवश्यकताअनुरुप राष्ट्र र जनताका हितमा केन्द्रित हुन अनुरोध पनि गरेका छन् ।
 
एमाले कर्मचारी रूष्ट
 
उता, उद्घाटनमा आधिकारिक ट्रेड युनियनका अध्यक्ष समेत रहेका एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष पुण्य प्रसाद ढकाललाई आसन ग्रहण नगराएपछि एमाले निकट कर्मचारीहरू आक्रोशित भएका छन् । पार्टीगत ढङ्गबाट भन्दा पनि सरकारले नै स्वीकृति दिएर सरकारलै खर्चमा धुमधामका साथ सम्पन्न भएको आधिकारिक ट्रेड युनियनमा कर्मचारीको मतले जितेर अध्यक्ष चुनिएका व्यक्तिलाई पनि आसनग्रहणमा नबोलाएको भन्दै कर्मचारीहरू आक्रोशित भएका हुन् ।
 
अध्यक्ष ढकालले यो आफ्नो भन्दा पनि आधिकारितक ट्रेड युनियनको अपमान भएको भन्दै आपत्ति जनाए । ‘कि त सरकारले यो अस्तित्वमा छैन भनेर भन्न सक्नुपर्यो होईन भने यस्तो अपमान किन ?’ अध्यक्ष ढकालले हाम्राकुरासँग भने । यो व्यवस्थापनको गम्भीर गल्ती भएको भन्दै कर्मचारीहरूले व्यवस्थापनले माफी माग्नुपर्नै माग पनि गरेका छन् । 
उता, कार्यक्रमको मूल समारोह समितिले भने कर्मचारीको नाताले मुख्यसचिव र अध्यक्षको रूपमा सामान्य प्रशासन सचिव बाहेक अन्य कुनैपनि कर्मचारीलाई स्टेजमा नबोलाईएकोले पनि उनलाई नबोलाईएको स्पष्ट पारेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ