काठमाडौं। नेपालका महेश्वर महर्जनले शारीरिक सुगठनको ५० औँ एसियन च्याम्पियनसिपको उपाधि जितेका छन् ।
भुटानमा मङ्गलबार भएको प्रतियोगिताअन्तर्गत ७५ केजी तौल समूहमा भाग लिएका महर्जनले १० देशका प्रतिस्पर्धीलाई उछिन्दै प्रथम स्थान हासिल गरेका हुन् ।
सो स्पर्धामा भारत दोस्रो, अफगानिस्तान तेस्रो, मलेसिया चौथो र थाइल्यान्डका खेलाडी पाँचौँ भएका थिए । प्रतियोगितामा विभिन्न स्पर्धामा २८ राष्ट्रका खेलाडी सहभागि भएका थिए ।