arrow

कास्की-२ मा बराल र भट्टराईको उम्मेद्वारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
Shreenath & Bidhya.jpg

पोखरा । कास्कीको निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि पाँच दलीय गठबन्धनका तर्फबाट श्रीनाथ बरालले उम्मेदवारी दर्ता गरेका छन् । उक्त प्रदेशमा प्रदेशसभा (क) का लागि विश्वप्रकाश लामिछाने र (ख) का लागि विन्दुकुमार थापाको उम्मेद्वारी परेको छ । 

यस्तै, नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईको उम्मेद्वारी परेको छ भने प्रदेशसभा (क) का लागि भीम कार्की र (ख) का लागि मीना गुरुङको उम्मेद्वारी परेको छ ।

यस निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि माधव कँडेलको उम्मेद्वारी परेको छ भने हाम्रो नेपाली पार्टीका तर्फबाट प्रदेशसभा (क) का लागि चेतबहादुर महतको उम्मेद्वारी परेको छ ।

उम्मेद्वारीपछि प्रतिक्रिया दिँदै गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रीनाथ बरालले नेपाली जनताको परिवर्तनको सङ्घर्षमा २०३६ साल यता आफू निरन्तर लागिरेको बताउँदै जनताको समृद्धि र विकासको चाहनालाई पूरा गराउन उम्मेद्वार बनेको स्पष्ट पारे ।

एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार भट्टराईले विभेदमुक्त समाजको निर्माण आफ्नो प्राथमिकतामा रहेको बताइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार माधव कँडेलले भ्रष्ट्राचाररहित समाजको निर्माण नै आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारे ।

बराल नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य हुन् भने भट्टराई प्रतिनिधि सभा सदस्य हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ