arrow

ओस्कारमा ‘कालो पोथी’: निर्देशक भाम भन्छन् नेपाली फिल्मले नयाँ दिशा लिँदैछ

logo
प्रकाशित २०७३ भदौ २२ बुधबार
Kalo_Pothi.jpeg
काठमाडौं। मिन बाहादुर भामले निर्देशन गरेको चलचित्र कोलो पोथी नेपालबाट ओस्कार अवार्डका लागि छनोट भएको छ । पशुपति प्रसाद, को आफ्नो र कालो पोथी चलचित्रको त्रिपक्षीय भिडन्तबाट कालो पोथी विश्वकै प्रसिद्ध ‘ओस्कार अवार्ड’ का लागि छनोट भएको हो ।
 
आफ्नो चलचित्र अस्कार अवार्डका लागि छनोट भएपछि फिल्मका निर्देशक मिन बाहादुर भामले नेपाली चलचित्र नयाँ दिशातिर लम्किरहेको प्रतिकृया जनाएका छन् । नेपाली चलचित्रहरुबीच आपसी तुलना र प्रतिस्पर्धा गर्नुभन्दा पनि चलचित्रलाई विश्व सिने क्षेत्रमा चिनाउने कुरामा जोड दिनुपर्ने बताए । 
 
छनोटको जिम्मा पाएको ‘विदेशी भाषी सर्वोत्कृष्ट छनोट समिती (नेपाल) ले चलचित्र ‘कालो पोथी’ लाई ‘अकेडेमी अफ मोसन पिक्चर्स आर्टस् एण्ड साइन्स्, अस्कार अवार्ड’ मा सहभागी गराउने निर्णय गरेको हो । 
 
कथा प्रस्तुती, प्राविधिक पक्ष, चरित्रहरुको भवनात्कम विश्लेषण साथै प्रस्तुतीको कलात्मक बनोटको आधारमा यो वर्षको सफल चलचित्र ‘कालो पोथी’ ओस्कार अवार्ड अन्तर्गत ‘विदेशी भाषी चलचित्र’ विधामा प्रतिस्पर्धाका लागि नेपालबाट छनोट भएको हो । 
 
चलचित्रमा मुगुको एउटा गाउँमा बस्ने दुईजना बालकको रोचक कथालाई कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ । विभिन्न फिल्म फेस्टिबलमा सहभागिता जनाएको चलचित्र ‘कालो पोथी’ ले थुप्रै अवार्ड जितेको छ । नेपाल प्रदर्शन पछि पनि चलचित्र ‘कालो पोथी’ ले दर्शकबाट अत्याधिक माया पाएको थियो । 
 
सन् २०१७ फेब्रुरी मा विश्वकै प्रतिष्ठित ‘ओस्कार अवार्ड’ को ८९ औं श्रृङ्खला आयोजना हुनेछ । 
 
अस्कार अवार्डको गत संस्करणमा नेपालबाट निर्देशक निश्चल बस्नेतको चलचित्र टलकजंग भर्सेस टुल्के छनोट भएको थियो । 
 
निर्देशक भामले दिपक रौनियारको चलचित्र ‘वाइट सन’ (सेतो सूर्य), भेनिस फिल्म फेस्टिवलमा प्रदर्शन भएको कुरालाई जोड्दै पछिल्लो समय नेपाली चलचित्रहरुले सफलता पाएको बताउँदै अब नेपाली चलचित्र क्षेत्र नयाँ दिशातिर लम्किँएको बताए । 
 
निर्देशक भामले मौलिक कथा, पात्र चयन, प्राविधिक पक्ष र पात्र प्रस्तुतिलाई आफ्नो चलचित्र ‘कालो पोथी’ को बलियो पाटो रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ