arrow

कास्की-१ मा किशोरदत्त र मनबहादुरको उम्मेद्वारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
Man Bahadur-Kishor datta.jpg

पोखरा । कास्कीको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि पाँच दलीय गठबन्धनका तर्फबाट किशोरदत्त बरालले उम्मेदवारी दर्ता गरेका छन् ।

उक्त क्षेत्रमा प्रदेशसभा (क) का लागि दीपक कोइराला र (ख) का लागि दीपक गुरुङको उम्मेद्वारी परेको छ । 

बराल नेपाली कांग्रेस कास्कीका सभापति पनि हुन् । यस्तै, माओवादी केन्द्रका नेतासमेत रहेका कोइराला गण्डकी प्रदेशसभा सदस्य रहेका थिए भने गुरुङ नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् ।

यस्तै, नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि मनबहादुर गुरुङको उम्मेद्वारी परेको छ । यस्तै, प्रदेशसभा (क) का लागि खगराज अधिकारी र (ख) का लागि बेदबहादुर गुरुङ श्यामको उम्मेद्वारी परेको छ । 

मनबहादुर एमाले कास्कीका अध्यक्ष हुन् भने खगराज पूर्वगृहमन्त्रीसमेत हुन् । यस्तै, श्याम मादी गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ